रास्वपा केन्द्रीय परिषदको भेला आज समापन हुने

२ असोज , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको काठमाडौंमा जारी राष्ट्रिय सम्मेलन  आज समापन हुँदैछ । रास्वपाका सभापति रवि लामिछानेसहित सबै प्रतिनिधिले ‘घण्टी’ बजाएर मंगलबार (१ असोज) उद्घाटन गरिएको भेलामा देशभर र प्रवाससमेतका गरि १ हजार ५ सय बढी प्रतिनिधि सहभागी छन् ।

सम्मेलनको पहिलो दिन हिजो प्रदेश समितिका संयोजकहरूले रिपोर्टिङ गरेका छन् । कोशीका सभापित राजेश तिमल्सिना, मधेसका तपेश्वर यादव, बागमतीका अच्चुतम लामिछाने, गण्डकीका राजन गौतम, लुम्बिनीका देवराज पाठक, कर्णालीका मदन खड्का र सुदूरपश्चिमका प्रकाश विष्टले विचार, संगठन, कार्यशैली र जनसरोकारका मुद्दामा पार्टीले लिनु पर्ने नीतिबारे पनि सुझाव दिएका थिए ।

हिजो नै ‘ओपन सेसन’अन्तर्गत कम्तिमा ५० जना प्रतिनिधिले धारणा राखेका थिए । उनीहरूले नेतृत्वको रक्षा गर्नुपर्ने, सभापतिलाई सहज हुने गरि टीम बनाउन दिनुपर्ने, पार्टी विस्तारलाई तीव्रता दिनुपर्ने, तल्लोस्तरका संगठन बलियो बनाउनुपर्ने, केन्द्रीय समिति प्रत्यक्ष निर्वाचित हुनुपर्ने, समितिहरू समावेशी हुनुपर्ने, पुराना दलको जस्तो सोच र कार्यशैली हुन नहुनेलगायत सुझाव दिएका थिए ।

त्यस्तै , कोषाध्यक्ष लिमा अधिकारी र लेखा आयोगका प्रमुख अभिषेक घिमिरेले आर्थिक प्रतिवेदन पेश गरेका थिए । सदस्यता शुल्क स्वेच्छिक बनाउँदा पार्टीको श्रोत घटेको तथ्य राखिएको प्रतिवेदनमा आर्थिक सुदृढीकरणका लागि ’पार्टी पिलर’को अवधारणा अघि सारिएको छ ।त्यससँगै , अनुशासन आयोगका सभापति भरतमणि देवकोटाले आयोगको प्रतिवेदन पेश गरे ।

यस्तै, उपसभापति स्वर्णिम वाग्लेले ’नीति–विचार’ प्रतिवेदन पेश गरे। वाग्लेले २०८० मंसिरमा जलेश्वर बैठकले पारित गरेको ’नीति–विचार’ प्रस्तावनाको संक्षिप्त व्याख्यासहित प्रतिवेदन पेश गरेका हुन् । उनले संक्षिप्त प्रतिवेदन छलफलमा लैजाने र पहिलो महाधिवेशनबाट पूर्णता दिइने जानकारी पनि दिए । २०८२ को बैशाखमा महाधिवेशन गर्ने रास्वपाको प्रस्ताव छ ।

भेलामा कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटी विधान संशोधनको प्रस्ताव पेश गरे। प्रस्तावमा एक–एक महिलासहित ३÷३ जना उपसभापति र सहमहामन्त्री प्रस्ताव गरिएको छ। कोषाध्यक्ष र प्रवक्ताबाहेक सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने प्रस्ताव पनि गरिएको छ ।

रास्वपाको केन्द्रीय सार्वजनिक मामिला विभागले भेला स्थलमै संयोजन गरेको रक्तदानमा ९२ जनाले रक्तदान गरेका छन् । भेलास्थलमा स्वदेशी उत्पादनको प्रदर्शनी/बिक्री कक्ष पनि राखिएको छ ।

सम्मेलनको दोस्रो दिन आज प्रस्तुत सबै प्रतिवेदन र प्रस्ताव उपर समूहगत छलफल हुने छ । आज नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपरान्ह सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै सम्मेलनको समापन हुनेछ ।

The post रास्वपा केन्द्रीय परिषदको भेला आज समापन हुने first appeared on Khabar Breaking.

  • Related Posts

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    ६ पुष ,काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । आज शनिबार भएको फाइनल खेलमा ओपनर  लाहिरु मिलन्थाको उत्कृष्ट ब्याटिङ सङ्गै जनकपुरले सुदूरपश्चिम…

    Read more

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले  आफ्नो स्थापनाको २५औं  वार्षिकोत्सव आगामी माघ ४ गते विशेष कार्यक्रमसहित मनाउने जानकारी दिएको छ। इप्पानले ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ भन्ने नारासहित ‘इप्पान…

    Read more

    Leave a Reply

    You Missed

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 1 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 14 views

    एक्टिभ सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभको २०औं साधारणसभा सम्पन्न

    • By
    • December 20, 2024
    • 14 views

    Profile and Interviews: Why me???

    महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी

    • By
    • December 19, 2024
    • 13 views

    राष्ट्र बैंकको नीतिगत व्यवस्थामा समयानुकूल समीक्षा हुन्छ: गभर्नर

    • By
    • December 19, 2024
    • 14 views