५ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो । बैठक आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी दिनु भयो । समसामयिक राजनीति गतिविधि, पार्टीको आगामी कार्यदिशालगायत विविध विषयमा छलफल हुने उहाँउनु भयो । महामन्त्री कविन्द्र बुर्लाकोटीले आन्दोलन गर्नेमा सबै एकमत भए पनि कुन मोडालिटीमा जाने भन्ने विषय आजको बैठकले तय गर्ने बताउनु भयो ।
सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासत रहनुभएका रास्वपा सभापति लामिछानेविरुद्ध रुपन्देहीपछि काठमाडौंबाट पनि पक्राउ पुर्जी जारी भएको छ । राजनीतिक प्रतिशोधका आधारमा आफ्ना सभापतिलाई झुटा मुद्दा लगाएर पक्राउ गरिएको भन्दै रास्वपा आन्दोलनरत छ ।
The post रास्वपाको बैठक आज पनि बस्दै first appeared on Khabar Breaking.