रास्वपाको प्रदर्शनी रोक्न नसकेको भन्दै चितवनका प्रजिअ र एसपी तानिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शनी रोक्न नसकेको आरोपमा  चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी उपरीक्षक (एसपी) तानिएका छन्  ।कार्यक्षमतामा प्रश्न उठाउँदै प्रजिअ र एसपी तानिएका हुन् ।

गृह मन्त्रालयले चितवनका सीडीओ इन्द्रदेव यादवलाई मन्त्रालय तानेर सहसचिव प्रकाश पौडेललाई पठाइको छ ।

त्यस्तै, प्रहरी प्रधान कार्यालयले चितवन प्रहरी प्रमुख एसपी भावेश रिमाललाई तानेर मानव बेचबिखन ब्यूरोका एसपी गौतम मिश्रलाई पठाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दोहनलगायत अवाञ्छित गतिविधि गर्दा सीडीओ र एसपीले कन्ट्रोल गर्न नसकेको आरोप छ । ‘मुलुकको प्रधानमन्त्रीमाथि भद्दा मजाक हुँदा समेत सीडीओ र एसपीले नियन्त्रण गर्न नसकेपछि उनीहरूलाई फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिइएको हो’ गृह स्रोत भन्छ ।

सीडीओ यादव र एसपी रिमालले रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ताले सरकारविरुद्ध जथाभावी आन्दोलन गर्दा पनि त्यसलाई रोक्न नसकेको उनीहरुमाथि आरोप छ । रास्वपाका कार्यतर्काले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला बनाएर नारायणी नदी किनारमा दाहसंस्कार गरेका थिए । उक्त कार्यलाई प्रशासनले रोक्ने प्रयास समेत नगरेको भन्दै फिर्ता गरेको हो ।

 

The post रास्वपाको प्रदर्शनी रोक्न नसकेको भन्दै चितवनका प्रजिअ र एसपी तानिए first appeared on Khabar Breaking.

  • Related Posts

    सभापतिलाई पुर्वाग्रहपूर्ण ढंगले पक्राउ गरिएको विरोधमा रास्वपाले अब काठमाडौंमा आन्दोलन गर्ने

    ८ कार्तिक ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका  सभापति  एवं पूर्वउपप्रधान तथा गृहमन्त्री   रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले भोलि शुक्रबारदेखि  काठमाडौँमा आन्दोलन गर्ने घोषणा गरेको…

    Read more

    ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना–२०८१’ तयार

    ८ कार्तिक , काठमाडौं । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना–२०८१’ तयार गरी स्वीकृतीका लागि मन्त्रिपरिषदमा  पेस गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले…

    Read more

    Leave a Reply

    You Missed

    सभापतिलाई पुर्वाग्रहपूर्ण ढंगले पक्राउ गरिएको विरोधमा रास्वपाले अब काठमाडौंमा आन्दोलन गर्ने

    • By
    • October 24, 2024
    • 9 views

    ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना–२०८१’ तयार

    • By
    • October 24, 2024
    • 9 views

    सुनको मूल्य घट्यो

    • By
    • October 24, 2024
    • 10 views

    लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए शपथ

    • By
    • October 24, 2024
    • 9 views

    रास्वपाको प्रदर्शनी रोक्न नसकेको भन्दै चितवनका प्रजिअ र एसपी तानिए

    • By
    • October 23, 2024
    • 9 views

    प्रधानमन्त्री ओलीले सार्वजनिक गरे सरकारको १०० दिनका १८५ उपलब्धि

    • By
    • October 23, 2024
    • 9 views