राष्ट्रिय सम्मेलनलाई किन महाधिवेशनमा रुपान्तरण गरियो ? यसो भन्छन् शिक्षा मन्त्री पौडेल

फाइल तस्बिर

 

काठमाडौं पुस १० । नेकपा (माओवादी केन्द्र)ले भोलिबाट सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ। शनिबार साँझ बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो। यसअघि राष्ट्रिय सम्मेलन भनिए पनि पार्टीमा आकर्षण बढ्दै गएकाले महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरिएको जानकारी दिइएको छ।

माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सेल, टोल, वडा, पालिका हुँदै प्रदेशसम्म महाधिवेशनकै रुपमा अधिवेशन भनिएकाले केन्द्रलाई पनि राष्ट्रिय सम्मेलन नभनेर महाधिवेशन भनिएको बताए।

‘हामीले सेलदेखि प्रदेशसम्म अधिवेशन भनेर नयाँ नेतृत्व चयन गर्‍यौं। त्यो महाधिवेशनकै शैलीमा सबै काम पूरा गरियो। पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण पनि त्यहीअनुरुप गरियो,’ नेपाल लाइभसँग कुरा गर्दै पौडेलले भने,‘निर्वाचन आयोगले हरेक पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधान राखेको छ। त्यो प्रावधानलाई समेत ख्याल गरेर महाधिवेशन भन्ने निर्णय भएको हो।’

शनिबार बसेको स्थायी समितिले राष्ट्रिय सम्मेलनलाई महाधिवेशन बनाएपछि आइतबार बस्ने केन्द्रीय समितिले अनुमोदन गर्ने पौडेलले बताए। पुनः तत्काल महाधिवेशन गर्ने भनिए पनि तीनवटै निर्वाचन नजिकै आइसकेकाले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरिएको उनले बताए।

 

  • Related Posts

    महासंघ अध्यक्ष ढकालद्वारा उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीहरूलाई आह्वान

    ९पुष, तनहुँ ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अव लगानीको अभाव झेल्नु पर्ने अवस्था नरहने बताउनु भएको छ । आज…

    Read more

    ‘प्रथम कोटेश्वर महोत्सव २०८१’ को महानगर प्रमुख बालेन शाहले समुद्घाटन गर्ने

    ९ पुष ,काठमाडौं । कोटेश्वर व्यवसायी संघको आयोजनामा ‘प्रथम कोटेश्वर महोत्सव २०८१’ हुने भएको छ। संघले आफ्नो १९औं स्थापना दिवसको अवसरमा यही पुष १२ र १३ गते कोटेश्वरको तिनकुने चौरमा…

    Read more

    You Missed

    महासंघ अध्यक्ष ढकालद्वारा उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीहरूलाई आह्वान

    • By
    • December 24, 2024
    • 7 views

    ‘प्रथम कोटेश्वर महोत्सव २०८१’ को महानगर प्रमुख बालेन शाहले समुद्घाटन गर्ने

    • By
    • December 24, 2024
    • 7 views
    ‘प्रथम कोटेश्वर महोत्सव २०८१’ को महानगर प्रमुख बालेन शाहले समुद्घाटन गर्ने

    भिजन र मिसन भएको व्यक्तीले पार्टीको नेतृत्व गर्छः डा. संग्रौला

    • By
    • December 24, 2024
    • 8 views

    लक्ष्मी लघुवित्तले माग्यो कर्मचारी

    • By
    • December 24, 2024
    • 8 views

    नेपाल समुद्रपार निकासी पैठारी संघमा शिवकुमार अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति

    • By
    • December 24, 2024
    • 8 views

    पोखरामा एकीकृत समाजवादीको गण्डकी प्रदेश अधिवेशन हुने

    • By
    • December 24, 2024
    • 8 views