१७ साउन, काठमाण्डौ । राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा अब सिन्दूर, टिका, टोपी लगाएर फोटो खिच्न पाइने भएको छ । अब राष्ट्रिय परिचयपत्र बनाउँदाआफ्नो संस्कृति र जातीय पहिचान जनाउने पोशाक र पहिरन लगाउन मिल्ने भएको छ ।
यसअघि सिन्दूर, टिका समेत हटाएर फोटो खिच्न लगाइएको भन्दै आलोचना भएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा नपर्ने जनाएको हो ।
राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा रहेका द्विविधा हटाई सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन विभागले मातहतका सबै निकायलाई निर्देशन दिएको छ ।
The post राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा अब सिन्दूर, टिका, टोपी लगाएर फोटो खिच्न पाइने first appeared on Khabar Breaking.