राजनीतिमा ठूलै उथल पुथल, एमालेको यस्तो रणनीतिले तात्यो राजनीति

 

काठमाडौं ६ फागुन । नेकपा (एमाले)का सचिव तथा सांसद योगेशकुमार भट्टराईले वर्तमान सत्तारूढ गठबन्धन टुट्नु अनिवार्य रहेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले गठबन्धन अप्राकृतिक रुपमा जोडिएको र जग कमजोर भएकाले टुट्नु अनिवार्य रहेको बताएका हुन्।

गठबन्धन टुटेको खण्डमा नेपालको संविधानको धारा ७६ प्रभावित हुने भएकाले सो धाराअनुसार एमालेको भूमिका कहाँ हुन्छ सोहीअनुसार भूमिका निर्वाह गरिने उनले भनाइ छ।

उनले भने, ‘अहिले एमालेको प्राथमिकता चुनाव हो। वैशाख ३० गतेको चुनाव र आउने संघ र प्रदेशको चुनाव एमालेको प्राथमिकता हो। यो गठबन्धन जे उद्देश्यले बनेको थियो, यसको जग बलियो थिएन। यो त एकदमै अप्राकृतिक ढंगले मात्रै जोडिएको हो यो टुट्नु अनिवार्य छ।ु

यदि गठबन्धन टुट्ने हो भने त्यसपछि संविधानले व्‍याख्या गरेबमोजिम व्‍यवस्थामा जाने पनि उनले बताए। संसदबाट अर्को सरकार बन्‍ने सम्भावना रहुन्जेल संसद विघटन गर्न भने नपाइने पनि उनले तर्क गरे।

उनले भने, ुसंविधानले जे व्याख्या गरेको छ, सर्वोच्च अदालतका न्यायाधीशहरुले जे व्याख्या गर्नुभएको छ, त्यो व्याख्यामा जान्छ। त्यसको मतलव संसदमा अर्को सरकार बन्ने सम्भावना हुँदासम्म त संसद विघटन हुन्न भन्या छ। जब यो गठबन्धन टुट्छ भने संविधानको धारा ७६ प्रभावित हुन्छ। धारा ७६ ले जे–जे भनेको छ त्यो–त्यो हुन्छ। धारा ७६ भित्र एमालेको भूमिका जहाँ–जहाँ हुनुपर्ने त्यही–त्यही हुन्छ। तर अहिले हामी त्यसमा लालायित छैनौँ।’

उनले एमसिसीको सम्बन्धमा एमालेले धारणा बनाउनुअघि एमालेले उठाइरहेको मागको सम्बोधन हुनुपर्ने बताए। एमालेको मागअनुसार १४ जना सांसदहरूलाई कारबाही गरिनुपर्ने उनले बताए।स्मरणीय कुरा के छ भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा उनी ओली सरकारको पर्यटनमन्त्रीबाट राजीनामा दिएर विरोध गर्दै सडकमा आएका थिए। त्यस्तै, उनले ओलीको कदम असंवैधानिक भन्‍ने समूहमा सहभागी भई कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपति कार्यालयमा र सर्वोच्‍च अदालत परिसरसम्म पुगेर हस्ताक्षरसमेत गरेका थिए। यद्यपि, संसद्‍मा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बेलामा एमाले(एमाले भन्दै पछि हटेर मतदान गर्ने समयभन्दा पहिले नै संसदबाट बाहिरिएका थिए।

 

  • Related Posts

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    ६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

    Read more

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १०औं र ११औं वार्षिक साधारणसभा एकैसाथ पुष ५ गते सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा…

    Read more

    You Missed

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 9 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 11 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 10 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 8 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 12 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 16 views