

रक्त दान कार्यक्रम सम्पन्न
काठमाण्डौं १३ चैत्र । काठमाडौँको असनमा शनिवार रक्त दान कार्यक्रम सम्पन्न भएको छ । लायन भक्त बहादुर केसी अध्यक्ष लायन क्लब काठमाडौँ कान्तिपूर र लियो क्लब काठमाडौँ कान्तिपुरले रक्त दान कार्यक्रम आयोजना गरेको हो ।
लायन भक्त बहादुर केसीका अनुसार ८० युनिट रगत जम्मा भएको छ । राजधानीमा रगत अभाव, शल्यक्रियामा ढिलाइ रगतको माग पुरा गर्न नसकिएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । केवल १ दानले ३ जीवन बचाउन सक्छ ।
रक्तक्षेपणले हरेक दिन जीवन बचाउँछ। अस्पतालहरूले घाइते, शल्यक्रिया, क्यान्सर उपचार वा रगतलाई असर गर्ने अन्य रोगहरू जस्तै सिकल सेल एनीमियाको उपचारमा मद्दत गर्न रक्तक्षेपण प्रयोग गर्छन्।