युद्ध र शान्ति
बिष्णु प्रसाद शर्मा,
नेपाली बहादुर फलामका नसा भएका मानिसहरुलाई आज आफ्नै देशका दलिय ब्यवस्थाका बिदेशी हलिहरुले फाइवरको नसामा परिणत गराएको अमिलो अनुभूति गर्नु पर्ने बनाइदिएको छन् ।
भर्तीको सुरुवात्ः सन् १८१४ देखि दुई बर्ष सम्म नेपाल अंग्रेज युद्ध भएको थियो । युद्धमा नेपालीहरुको असाधारण बहादुरी देखेका अंग्रेजहरुले सन् १८१६ मा सुगौली सन्धि गरे पछि आफ्नो सेनामा नेपालीहरुलाई भर्ती गर्न थाल्यो । त्यही भर्तीले गोर्खालीहरु ब्रिटिस सेनाको मेरु दण्ड बन्न पुग्यो । नेपाली सेना अहिले उनैको चाकर बनेका छन् ।
क्षेत्रीययुद्धः सन् १८१७ को पिन्दारीयुद्ध, १८४५ -४६ अंग्रेज सिख युद्ध, १८७८ -१८८० को दोस्रो अंग्रेज अफगान युद्धमा गोर्खालीले बहादुरी देखाए । हल्लाउन नसकिने दृढता भएका र फलामका नसा भएका भनी गोर्खालीको बफादारी र बहादुरीको प्रसंसा कितावमा लेखियो । दलियताको युद्धबाट नेपालका प्रधानमन्त्री समेत बनी सकेका माधब, पुष्पकमल र बाबुराम जस्ता साँइदुवाहरुले क्रिश्चियनहरुको पैसाको लोभले गोर्खालीको इतिहास नै सखाप बनाइदिएका छन ।
फक्ल्याण्ड टापुः १९८२ मा फक्ल्याण्डको टापुमा अर्जेन्टिनीहरुले अतिक्रमण गरे पछि ब्रिटिस फौज संगै गोर्खालीहरु युद्धका लागी फकल्याण्ड टापु पुगेका थिए । गोर्खालीहरुको भयले अर्जेन्टिनी फौज युद्ध गर्नवाट पछि हटयो र फकल्याण्ड टापु बिना युद्ध सजिलै ब्रिटिसको अधिनमा आयो । अब नेपाली दलियताको कारण नेपालमा युद्ध हुने अबस्था आइसकेको छ ।
युद्ध र शान्तिः सन् २००१ यता इराक र अफगानिस्थानका युद्धहरुमा गोर्खालीहरु सम्मिलित थिए । २०१० मा तालिवान बिरुद्ध लडेर दीप प्रसाद पुनले ब्रिटिस सेनाको कन्सयिकुअस ग्यालन्ट्रीक्रस पदक पाएका थिए । यही बीचमा गोर्खालीहरुले युद्धग्रस्त क्षेत्रमा शान्ति स्थापनाका कामहरु गरे । आज नेपालका शासकहरु तीनै बिदेशीलाई नेपाल भित्रयाएर एमसीसी लगायतका घातक अस्त्रहरु खेलाउन लालायीत रहेका छन र नेपालको शानलाई माटोमा मिलाई रहेका छन् । अब नी नेपाली जनता नउठेमा देश रहने छैन । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक हुन ।