यसो भन्छन् सोनल

 

 

काठमाडौं पुस १ । प्रदेश २ को प्रमुख प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

संघीय संसदसहित अन्य ६ प्रदेशमा नेकपा एमाले प्रतिपक्षमा छ भने प्रदेश २ मा लोसपा नेपाल प्रमुख प्रतिपक्षमा छ । संघीय संसदका अतिरिक्त एमाले प्रतिपक्षमा रहेका कुनै पनि प्रदेशमा संसदीय कारवाही राम्रोसँग अघि बढ्न सकेको छैन । एमालेका सांसदहरुले विभिन्न मागमा संसदलाई अवरोध गर्दै आएका छन् ।

प्रदेश २ मा प्रमुख प्रतिपक्ष लोसपा नेपालले प्रदेशसभा अवरुद्ध गरेको छ । बुधबार लोसपा नेपालले प्रदेश २ प्रदेशसभा बैठक अवरुद्ध तुल्यायो । लोसपा नेपालले प्रदेश २ का सरकार अध्यादेशबाट चलाउन खोजेको भन्दै सोको विरोधमा बैठक अवरुद्ध गरेको हो ।

बुधबार प्रदेश २ मा लोसपा नेपालले प्रदेशसभा बैठक अवरुद्ध गर्दा एमालेका सांसदले समर्थन जनाएका थिए । प्रदेशसभामा बोल्दै एमालेका नेताले लोसपाका कार्यकारिणी सदस्य एवं प्रदेशसभा लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले राखेको भनाइको समर्थन जनाएका थिए ।

तर लोसपा संसदीय दलका नेता सोनल भन्छन्, ‘एमालेसँग हाम्रो कुनै गठबन्धन वा साँठगाँठ छैन, हामीले उठाएको कुरालाई एमालेले समर्थन गरेको छ भने त्यो राम्रो कुरा हो । त्यसलाई स्वागत गर्छु तर न प्रदेशमा, न संघमा हाम्रो कुनै गठबन्धन छ ।’

संघीयताको मूल्य मान्यतालाई वाइपास गरी सरकार सञ्चालन गरेको कारण आफूहरुले प्रदेशसभामा कुरा उठाएको उनले बताए । सदनलाई छलेर अध्यादेशमार्फत सरकार चलाउन खोजेको विरोधमा आफूहरुले आवाज उठाएको उनको भनाइ छ ।

सोनलले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् । साइकल खरिद प्रकृयामा अनियमिततामा मुछिएका कारण मुख्यमन्त्री राउतले राजीनामा दिनुपर्ने उनको भनाइ छ ।

तर मुख्यमन्त्री लालबाबु राउत भने लोसपा नेपालले अध्यादेशको विरोधमा केहीबेर नाराबाजी गरे पनि आफ्नो राजीनामालाई उसले मुख्य माग नबनाएको दाबी गर्दछन् । अब प्रदेशसभा बैठक सुचारु हुने उनले बताए । उनले लोसपा नेपालको मागका बारेमा सरकारले सबै कुरा प्रष्ट पारिसकेको भन्दै अब लोसपाले कुनै अवरोध नगर्ने र पुस ८ गते सदन चल्ने दाबी गरे ।

तर सोनल भने सरकारसँग कुनै सहमति वा छलफल नभएको बताउँछन् । ‘पुस ८ गतेका लागि अर्को बैठक आह्वान गरिएको छ, त्यो बेला हामी अवस्था हेरेर कदम चाल्छौं,’ उनले भने ।

  • Related Posts

    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    काठमाडौं । देव दर्शन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गर्दै पुनः राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समितिको चयन  गरेको छ। संस्थाका अध्यक्ष घिमिरेको सभापतित्वमा…

    Read more

    राष्ट्रपति समक्ष नवनियुक्त राजदूतहरुले लिए शपथ

    ८ पुष ,काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार  विभिन्न देशका लागि नेपालका नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा संयुक्त अधिराज्यका लागि नवनियुक्त…

    Read more

    You Missed

    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    • By
    • December 23, 2024
    • 0 views
    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    राष्ट्रपति समक्ष नवनियुक्त राजदूतहरुले लिए शपथ

    • By
    • December 23, 2024
    • 0 views

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘राष्ट्रिय बाँस सम्मेलन’ गर्ने

    • By
    • December 23, 2024
    • 0 views

    सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

    • By
    • December 23, 2024
    • 8 views

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 10 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 12 views