“मिस हेरिटेज ईन्टरनेशनल २०२४” को ताज नेपालकी सुश्मिता श्रेष्ठलाई

काठमाडौं । नेपाली कलाकार तथा मोडल सुश्मिता श्रेष्ठले “मिस हेरिटेज ईन्टरनेशनल २०२४”को उपाधि जित्न सफल भएकि छिन् ।

थाईल्याण्डको बैंकक शहरमा २०२४ नोभेम्वर ९ देखि १६ सम्म भएको सौन्दर्य प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गरेकी सुश्मिता श्रेष्ठले यो उपाधि हात पारेकी हुन् ।

लामो समयदेखि कलाकारिता क्षेत्रमा  रहेकी  श्रेष्ठले नेपालमा समेत दर्जनौ अवार्डहरु तथा पुरस्कारहरु पाइसकेकी छिन्  ।

FB IMG 1734534456889 AMERICA KHABAR December 18, 2024

मिस कोशी २०१७ बाट यो क्षेत्रमा अगाडी देखिएकी श्रेष्ठले थुप्रै चलचित्र तथा म्युजिक भिडियोहरुमा अभिनय समेत गरेकी छिन् ।
मोडलिङ तथा कलाकारीता क्षेत्रबाटै स्थापित हुन अहिले सम्म पनि संघर्षकै चरणमा रहेको बताउने श्रेष्ठले यस्ता कार्यक्रमहरुले कलाकार तथा मोडलहरुको आत्मबल बढाउन मद्यत गर्ने बताईन् ।

“मिस हेरिटेज ईन्टरनेशनल २०२४”ताज पहिरिएर थाईल्याण्डबाट नेपाल फर्किएकी श्रेष्ठलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा उनका समर्थक तथा शुभचिन्तक र आफन्त,साथिभाईहरुले भव्य स्वागत  गरेका छन्  ।

The post “मिस हेरिटेज ईन्टरनेशनल २०२४” को ताज नेपालकी सुश्मिता श्रेष्ठलाई first appeared on Khabar Breaking.

  • Related Posts

    नेपाल बैंकर्स संघको अध्यक्षमा कोइराला निर्विरोध

    २पुष, काठमाडौँ । नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध हुनु भएको छ । वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतको संस्थाको रूपमा रहेको संघमा आगामी कार्यकालको लागि अध्यक्षमा कोइरालाको एकल उम्मेदवारी…

    Read more

    आज तीन वटा संसदीय समितिको बैठक बस्दै

    २ पुष,काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।  बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा…

    Read more

    Leave a Reply

    You Missed

    “मिस हेरिटेज ईन्टरनेशनल २०२४” को ताज नेपालकी सुश्मिता श्रेष्ठलाई

    • By
    • December 18, 2024
    • 10 views
    “मिस हेरिटेज ईन्टरनेशनल २०२४” को ताज नेपालकी सुश्मिता श्रेष्ठलाई

    नेपाल बैंकर्स संघको अध्यक्षमा कोइराला निर्विरोध

    • By
    • December 17, 2024
    • 16 views

    आज तीन वटा संसदीय समितिको बैठक बस्दै

    • By
    • December 17, 2024
    • 15 views

    राष्ट्रिय वाणिज्य साकोसमा नयाँ संचालक समितिको चयन; सदस्यहरुलाई १०% लाभांश प्रदान

    • By
    • December 17, 2024
    • 13 views
    राष्ट्रिय वाणिज्य साकोसमा नयाँ संचालक समितिको चयन; सदस्यहरुलाई १०% लाभांश प्रदान

    सोलुखुम्बुको सोताङ गाउँपालिकामा काङ्ग्रेसको जागरण अभियान

    • By
    • December 16, 2024
    • 9 views
    सोलुखुम्बुको सोताङ गाउँपालिकामा काङ्ग्रेसको जागरण अभियान

    अर्थमन्त्री थाइल्याण्ड प्रस्थान

    • By
    • December 16, 2024
    • 11 views