मिस युनिभर्स नेपाल २०२४ को शीर्ष ३५ को लागि अडिसन हुँदै

१२ साउन, काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२४’ को लागि यहि सोमबार अडिसन हुने भएको छ । प्रिलिमिनरी राउन्डबाट छनौट भएका ६० जना मध्य ३५ जनाको अडिसनमार्फत हिल्टन काठमाडौँमा छनोट हुने आयोजकले जनाएको छ ।

अडिसनको जज प्यानलमा लोकप्रिय गायिका इन्दिरा जोशी, मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल र कोरियोग्राफर दिक्पाल कार्की रहेका छन् । त्यस्तै आयोजक ग्लोबल ग्ल्यामर भेन्चरका म्यानेजिङ्ग डिरेक्टर आलोक छेत्री, सिइओ एवम प्रेसिडेन्ट सबी पुरी र मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर संगीता पुरीले जजको रुपमा अडिसन लिने भएका छन् । उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय इमेज कन्सल्ट्यान्ट एवम पेजेन्ट कोच एलेक्जेन्डर गोन्जालेज र पेजन्ट एनलिस्ट लुइस पोर्तेलिसले भने भर्चुअल माध्यम देखी सहभागीता जनाउनुहुनेछ ।
यो अडिसनमा छनोट हुने ३५ प्रतिस्पर्धीले फिनालेको लागि प्रशिक्षण तयारीमा भाग लिनेछन् । उनिहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरुबाट व्यक्तित्व विकास, वाककला, पब्लिक स्पिकिंग, आर्थिक व्यवस्थापन लगायत विभिन्न जीवन उपयोगी सीपहरु सिकाइने आयोजकले जनाएको छ ।

यसपालीको मिस युनिभर्स नेपाल २०२४ मा ट्रान्सजेन्डर, विवाहित, गैर नेपाली महिलाहरू र डाक्टर, इन्जिनियर, पाइलट लगायत विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको उत्साहजनक र समावेशी सहभागीता रहेको मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर संगीता पुरीले जानकारी दिनुभएको छ । ‘मिस युनिभर्स नेपाल २०२४’ को ग्रान्ड फिनाले आगामी सेप्टेम्बरको पहिलो हप्ता हुँदैछ । बिजेताले नोभेम्वरमा हुने मिस युनिभर्स २०२४ को लागि मेक्सिकोमा १०० देशहरुसँग प्रतिस्पर्धा गर्नेछिन् ।

The post मिस युनिभर्स नेपाल २०२४ को शीर्ष ३५ को लागि अडिसन हुँदै first appeared on Khabar Breaking.

  • Related Posts

    सरकारले बजारमा गहुँको माग बढेसँगै भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने

    २ कार्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला अनावश्यक सञ्चय गरी कृत्रिम अभाव सिर्जना गर्ने, अनुचित नाफा लिए कारबाही गरिने बताउनु भएको छ । सर्वसाधारण…

    Read more

    मन्त्रिपरिषद्को बैठक बस्दै

    २ कार्तिक, काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज साँझ ५ बजे बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने बैठक साँझ ५ बजेका लागि बोलाइएको छ। बैठकमा टीआरसी गठनका…

    Read more

    Leave a Reply

    You Missed

    सरकारले बजारमा गहुँको माग बढेसँगै भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने

    • By
    • October 18, 2024
    • 11 views

    मन्त्रिपरिषद्को बैठक बस्दै

    • By
    • October 18, 2024
    • 11 views

    सरकारले जनताको राहत र पुनःस्थापनाका लागि पहिलो पहल गर्नुपर्छः रामहरी खतिवडा

    • By
    • October 17, 2024
    • 13 views

    एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

    • By
    • October 17, 2024
    • 11 views

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिक नेपालमा १५ प्रतिशत छुट

    • By
    • October 17, 2024
    • 9 views

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड भन्दा बढी जम्मा

    • By
    • October 17, 2024
    • 8 views