![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
![माओवादी किल्लाकै नेताले छोडे पार्टी , सांसद् दवाडीले दिए पार्टीको सदस्यता 274639957 917780435584068 4634330727812241742 n qLBGRs](https://americakhabar.com/wp-content/uploads/2022/03/274639957_917780435584068_4634330727812241742_n-qLBGRs.jpeg)
माओवादी किल्लाकै नेताले छोडे पार्टी , सांसद् दवाडीले दिए पार्टीको सदस्यता
काठमाडौं । मंगलबार गोरखाका माओवादी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गोरखाको क्षेत्र नम्बर २ को (ख) प्रदेशका नेपाली कांग्रेसका सांसद् प्रकाशचन्द्र दवाडीले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।
बारपाक सुलिकोट गाउँपालिका ३ स्वाँराको माझथरमा आयोजित कार्यक्रममा सांसद् दवाडीले माओवादीको लालकिल्ला मानिने त्यो ठाउँका माओवादीलाई कांग्रेस बनाएका हुन् । नेपाली कांग्रेस वडा कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा उत्साहपूर्ण उपस्थिति रहेको थियो । माओवादीले आफूहरुलाई झुक्याएको र जनताको काम नगरेको भन्दै माओवादीहरुले कांग्रेस प्रवेश गरेको जनाएका छन् ।
माझथरका ३६ जना युवाहरू कांग्रेस प्रवेश गरेको सांसद् दवाडीले जनाएका छन् । उनीहरुले कांग्रेस नै राजनीतिको अन्तिम विकल्प भएकाले कांग्रेस रोजेको पनि स्पष्ट पारेका छन् । यही साता वडा नम्बर ८ को पन्द्रुङको जराङका माओवादी पनि कांग्रेसमा प्रवेश गरेका थिए । उनीहरुलाई पनि सांसद् दवाडीले नै सदस्यता वितरण गरेका थिए । कांग्रेस हुनेबित्तिकै उनीहरुले ‘जय नेपाल’ भनेर सम्बोधन गरेका थिए ।
‘मेरो राजनीति समाजकै सेवाको लागि, मेरो राजनीति तपाईंहरुकै टेवाको लागि’ भनेर नारा बनाएका सांसद् दवाडीले त्यही भावना अनुसार काम पनि गर्दै आएका छन् । उनी केही दिनदेखि जिल्लाका विभिन्न कार्यक्रममा व्यस्त छन् ।