महिला लक्षित अभिव्यक्तिप्रति महिला मन्त्री चौधरीको आपत्ति, आत्मालोचना गर्न सम्बन्धित सांसदलाई आग्रह

११ असार, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विनियोजन विधेयकको छलफलका क्रममा केही सांसदले संसद्मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन । आर्थिक वर्ष २०८१र०८२ को विनियोजन विधेयकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लागि गरिएको विनियोजनको सम्बन्धमा आज प्रतिनिधिसभामा सांसदहरूले बजेटमाथि उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन ।

ुगत ज्येष्ठ ३१ गते सदनमा संशोधन गर्ने क्रममा केही माननीय ज्युहरूले महिलाहरू असक्षम र सङ्कीर्ण सोच भएका हुन्छन् । सम्भवतः पुरुष मन्त्री भएको भए यो अवस्था हुँदैनथ्यो भन्ने गरी दिएको अभिव्यक्ति तथा वैवाहिक बलात्कार जस्तो जघन्य अपराधका बारेमा बोल्दै गर्दा महिलाहरूलाई कसैको रहर पुरा गर्न मनोरञ्जनको साधन तथा उपभोग्य बस्तुको रूपमा मात्र चित्रण गरिने गरी दिएको अभिव्यक्तिले सम्पूर्ण महिलाको आत्मसम्मान र मर्यादालाई अवमूल्यन गरेको छ, मन्त्री चौधरीले भनिन् ।

मन्त्री चौधरीले सांसदबाटै यस्तो खाले अभिव्यक्तिले आम महिलाको आत्मसम्मानमा चोट पुगेको भन्दै उक्त अभिव्यक्तिप्रति आत्मा आलोचित हुन सम्बन्धित सांसदलाई आग्रह गरिन ।
अन्य क्षेत्रभन्दा मर्यादित तथा संवेदनशिल गरिमामय यस संसद्मात बोलिने भाषाहरूप्रति जोकोही सचेत हुनुपर्ने महिला मन्त्री चौधरीको भनाई थियो । यसैगरी मन्त्री चौधरीले महिला मन्त्रालयको प्रमुख जिम्मेवारी महिला बालबालिका एवं ज्येष्ठ नागरिकको संरक्षण सुरक्षा र कल्याण गर्नु भएको भन्दै विगत केही वर्ष अघिसम्म ७५ जिल्लामा प्रभावकारी परिचालन गर्न सकेका मन्त्रालयका सक्षम र सबल महिला विकास अधिकृतहरूलाई अपर्झट मन्त्रालयबाट सरुवा गरिएर छिन्नभिन्न भएको बताइन ।

धेरै दशकदेखि बलियो र सुदृढ रहेको विभाग नै खारिज गर्नाले महिला बालबालिका र ज्येष्ठ नागरिकलाई मात्र होइन नेपालको विकासलाई नै ठेस पुर्यातउन गएको उनको भनाई थियो ।

मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको परिचालन र नियमन सम्बन्धी सबै क्षेत्रहरूलाई समेट्ने गरी बजेट प्रस्ताव गरिएको स्पष्ट पारिन ।

The post महिला लक्षित अभिव्यक्तिप्रति महिला मन्त्री चौधरीको आपत्ति, आत्मालोचना गर्न सम्बन्धित सांसदलाई आग्रह first appeared on Khabar Breaking.

  • Related Posts

    सरकारले बजारमा गहुँको माग बढेसँगै भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने

    २ कार्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला अनावश्यक सञ्चय गरी कृत्रिम अभाव सिर्जना गर्ने, अनुचित नाफा लिए कारबाही गरिने बताउनु भएको छ । सर्वसाधारण…

    Read more

    मन्त्रिपरिषद्को बैठक बस्दै

    २ कार्तिक, काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज साँझ ५ बजे बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने बैठक साँझ ५ बजेका लागि बोलाइएको छ। बैठकमा टीआरसी गठनका…

    Read more

    Leave a Reply

    You Missed

    सरकारले बजारमा गहुँको माग बढेसँगै भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने

    • By
    • October 18, 2024
    • 11 views

    मन्त्रिपरिषद्को बैठक बस्दै

    • By
    • October 18, 2024
    • 11 views

    सरकारले जनताको राहत र पुनःस्थापनाका लागि पहिलो पहल गर्नुपर्छः रामहरी खतिवडा

    • By
    • October 17, 2024
    • 13 views

    एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

    • By
    • October 17, 2024
    • 11 views

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिक नेपालमा १५ प्रतिशत छुट

    • By
    • October 17, 2024
    • 9 views

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड भन्दा बढी जम्मा

    • By
    • October 17, 2024
    • 8 views