
मन्त्री आलेको पालिकामा एमाले विजय
धनगढी। डोटीको जोरायल गाउँपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ। एमालेका दुर्गा दत्त ओझा ३ हजार ४४९ मतसहित अध्यक्षमा निर्वाचित भए।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रसेका दीपककुमार विष्ट ३ हजार ४१२ ल्याएर हार बेहोरे। एकीकृत समाजवादीका किरण मल्लले १ हजार ६५९ मत पाएका छन्।
उपाध्यक्षमा पनि एमाले नै विजयी भएको छ। एमालेकी जमुना कुमारी बोहरा (रोकाया) ३ हजार ५९९ मत ल्याएर निर्वाचित भइन्।
कांग्रेसकी चन्द्रा कुमारी साउदले ३ हजार ५१७ र माओवादीकी प्रेमा कुमारी ओलीले १ हजार ३१७ मत पाएकी थिइन्। जोरायल समाजवादीका नेता तथा पर्यटन मन्त्री प्रेमबहादुर आलेको गृह पालिका हो।