भाइटीका संगै यस वर्षको तिहार समापन

काठमाडौं । तिहारको अन्तिम दिन आइतबार (१८ कार्तिक ) दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाएपछी  यस वर्षको तिहार समापन भएको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिनमा भाइटीका लगाउने गरिन्छ।

यमपञ्चक समेत भनिने तिहारमा  दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै परम्पराअनुसार सप्तरंगी वा पञ्चरंगी टीका लगाएर भाइटीका मनाउने गरिन्छ। दिदीबहिनीले टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिन्छन्।

देश तथा विदेशमा रहेका नेपालीहरुले  आफ्ना दिदीबहिनी तथा दाजुभाइसँग टीका लगाएका तस्बिरहरू आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। दाजुभाइ नहुनेले दिदीबहिनीबीच पनि टीका लगाउने गर्छन्।

त्यस्तै , प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन् ।

प्रधानमन्त्री ओलीले बालुवाटारस्थित सरकारी निवासमा बहिनीहरुबाट भाइटीका लगाएको प्रधानमन्त्री ओलीले स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो  ।

The post भाइटीका संगै यस वर्षको तिहार समापन first appeared on Khabar Breaking.

  • Related Posts

    प्रधानमन्त्रीको चीन भ्रमणमा दीर्घकालीन प्रभाव र राष्ट्रिय स्वाधीनतामा ध्यान दिनुपर्छ : राष्ट्रिय एकता अभियान

    २१ कार्तिक ,काठमाडौं।   प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा दुई देश बीचको सम्बन्धमा सन्तुलित दृष्टिकोण राख्नु अत्यन्त महत्त्वपूर्ण हुनेमा  ‘राष्ट्रिय एकता अभियान’ ले जोड दिएको छ। प्रधानमन्त्रीको यो…

    Read more

    अनुमतिबिना जापान जाने कानुनमन्त्रीको राजीनामा

    २१ कार्तिक , काठमाडौं ।कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिने भएका छन्। मन्त्रिपरिषद्को निर्णयबिना नै जापान पुगेर फर्किएपछि विवादमा तानिएका उनले बुधबार पदबाट राजीनामा दिन…

    Read more

    Leave a Reply

    You Missed

    प्रधानमन्त्रीको चीन भ्रमणमा दीर्घकालीन प्रभाव र राष्ट्रिय स्वाधीनतामा ध्यान दिनुपर्छ : राष्ट्रिय एकता अभियान

    • By
    • November 6, 2024
    • 8 views

    अनुमतिबिना जापान जाने कानुनमन्त्रीको राजीनामा

    • By
    • November 6, 2024
    • 9 views

    अमेरिकी राष्ट्रपतिको निर्वाचन: प्रारम्भिक मतपरिणाममा ट्रम्प अगाडि

    • By
    • November 6, 2024
    • 8 views

    Profile and Interviews: Toy Blast – 3Damy-3dangers-brick 50s P

    महासंघ अध्यक्ष ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित

    • By
    • November 5, 2024
    • 9 views

    सरकारी कार्यालय आजदेखी बेलुका ४ बजे बन्द हुने

    • By
    • November 5, 2024
    • 10 views