बोस्टनमा घुम्ती कन्सुलर सेवा शिविर संचालन हुने

म्यासाच्यूसेट्स राज्यको बोस्टनमा संचालन हुने घुम्ती कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना

Posted on

NEPAL GOVERNMENT NEW EMBLEM COLOR HIGH REZ NO BACKGROUND AMERICA KHABAR September 25, 2021

नेपाली राजदूतावास

वाशिङ्गटन, डि.सी.

नेपाली राजदूतावास, वाशिङ्गटन, डि.सी. ले म्यासाच्यूसेट्स राज्यको बोस्टन शहरस्थित देहायको स्थान, मिति र समयमा न्यु इंग्ल्याण्ड (म्यासाच्यूसेट्स, न्यु ह्याम्सायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट)  क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी घुम्ती कन्सुलर सेवा शिविरमार्फत कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रम तय भएकाले उक्त स्थान, मिति र समयमा सेवा प्राप्त गर्न राजदूतावास सबैमा हार्दिक अनुरोध गर्दछ।

कन्सुलर सेवा शिविर आयोजना हुने स्थान, मिति र समय

स्थानः Columbus Club of Arlington

         15 Winslow Street, Arlington, MA 02474

 मितिः सेप्टेम्बर २५-२६, २०२१

 पहिलो दिन: बिहान ९:३० बजेदेखि साँझको ४:३० बजेसम्म

  दोस्रो दिन: बिहान ९:०० बजेदेखि साँझको ३:०० बजेसम्म

कन्सुलर सेवा शिविरबाट प्रवाह हुने सेवाहरुः

क) राहदानी नविकरण (अगष्ट २०२२ सम्म बहाल अवधि रहेकाहरुले नविकरण गर्न सक्ने)

ख) गैर आवासीय नेपाली परिचयपत्र (NRN ID)

ग) अधिकृत वारेसनामा (Power of Attorney)

घ) कागजात प्रमाणिकरण (Attestation)

ङ) एकतर्फी यात्रा अनुमतिपत्र (One way Travel Document)

च) पर्यटक भिषा (Tourist Visa)

उल्लेखित सेवाहरु प्राप्त गर्न आवश्यक कागजात, शुल्क र प्रक्रियाबारे जानकारीको लागि राजदूतावासको वेबसाइट  https://us.nepalembassy.gov.np को होमपेजमा रहेको “Consular Services” मेनुमा गई हेर्नुहुन अनुरोध गरिन्छ।

कोभिड-19 का कारण स्वास्थ्य सुरक्षा सतर्कता अपनाई सेवा उपलब्ध गराउनुपर्ने भएकाले आफूलाई चाहिएको सेवाका सम्बन्धमा https://us.nepalembassy.gov.np/consular-camp-boston-appointment-form link मा गई अग्रिम रुपमा आफ्नो नाम, सम्पर्क नम्बर र प्राप्त गर्न चाहेको सेवाबारे फाराम भर्नु हुन अनुरोध छ। राजदूतावासले सम्बन्धित सेवाग्राहीलाई समय तोकी सोही अवधिमा मात्र उपस्थित हुन अनुरोध गर्दै इमेलमार्फत् जानकारी गराउनेछ।

घुम्ती कन्सुलर सेवा शिविरमा सेवा लिन आउँदा साथमा ल्याउनुपर्ने कागजातहरुः

क) राहदानी नविकरण

  • सक्कल नागरिकता र सोको प्रतिलिपी।
  • सक्कल राहदानी र सोको प्रतिलिपी।
  • Live Enrolment का लागि रीतपूर्वक अनलाइन भरिएको बारकोड सहितको प्रिन्टेड फाराम (https://online.nepalpassport.gov.np/PreEnrollment/home.html)।
  • नेपाली राजदूतावासको नाम (“Embassy of Nepal, Washington, DC”) मा जारी भएको अ.ड. १५० को मनी अर्डर (हराएको र बिग्रिएको राहदानीको हकमा दोब्बर दस्तुर अर्थात् अ.ड. ३००)। तर, १० बर्ष भन्दा मुनिका नाबालकको हकमा नवीकरण अ.ड. ७५ र हराएको/बिग्रिएको हकमा अ.ड. १५०) ।
  • राहदानी तयार भएपछि आवेदकलाई पठाउन पहिले नै पैसा तिरीसकेको आफ्नो पूरा ठेगाना लेखेको फिर्तिखाम (Self Addressed Prepaid Return Envelope)।

ख) गैर आवासीय नेपाली परिचयपत्र

  • सेवाग्राहीले https://us.nepalembassy.gov.np/wp-content/uploads/2017/02/NRN-ID-FORMpdf मा गई रीतपूर्वक भरेको आवेदन फाराम। तर, गैर आवासीय परिचयपत्र हराएको हकमा स्थानीय प्रहरीले जारी गरेको प्रहरी प्रतिवेदन (Police Report)।
  • नेपाली मुलुकका विदेशी नागरिकले विदेशमा प्राप्त गरेको Naturalization Certificate र सोको प्रतिलिपी।
  • नेपाली मूलका विदेशी नागरिकले प्राप्त गरेको उक्त देशको राहदानी र सोको प्रतिलिपी।
  • नेपाली मूलको भएको जनाउने कागजात, जस्तै- साविकको नेपाली नागरिकताको प्रतिलिपि वा नागरिकता परित्याग गरेको भए सोको प्रतिलिपी,

वा, सो नभए

  • बाबु/आमा/हजुरबुबा/हजुरआमा मध्ये एकको नेपाली नागरिकताको प्रमाणपत्र वा नेपाली मूलको भएको जनाउने अन्य कुनै कागजात (जस्तै नाता प्रमाणित) को प्रतिलिपि।
  • हाल बसोबास गरेको मुलुकमा व्यापार/व्यवसाय गरिरहेको भएको सोको प्रमाण।
  • कुनै पेसा/रोजगारीमा संलग्न रहेको भएको सोको प्रमाण।
  • चारप्रति पासपोर्ट साइजको फोटो।
  • नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. ५२० को मनी अर्डर।

ग) अधिकृत वारेसनामा

  • सम्बन्धित आवेदक वा कानून व्यवसायीले नेपाली कागजमा तयार गरेको लिखत।
  • सम्बन्धित आवेदक वा कानून व्यवसायीले तयार गरेको नेपाली राजदूतलाई सम्बोधन गर्दै लेखेको निवेदन।
  • अधिकृत वारेसनामा दिनेको सक्कल नागरिकता र सो को प्रमाणित प्रतिलिपी।
  • अधिकृत वारेसनामा लिनेको नागरिकताको प्रमाणित प्रतिलिपि।
  • अधिकृत वारेसनामा दिने र लिने दुबैको हालसालै खिचिएको दुई/दुई प्रति फोटो।
  • स्थायी आवास अनुमतिपत्र (Green Card) वा Visa Status र सो को प्रतिलिपि।
  • गैर आवासीय नेपाली परिचयपत्रको सक्कल तथा सोको प्रतिलिपि (नेपाली मूलका विदेशी नागरिकको हकमा)।
  • जुन प्रयोजनका लागि अ.वा. दिने हो सो सम्बन्धी सक्कल वा प्रमाणित कागजात, जस्तै- जग्गा बेचबिखनको हकमा लालपुर्जाको सक्कल, कर तिरेको रसिद वा सोको प्रमाणित प्रतिलिपी, सम्बन्ध विच्छेदका लागि विवाह दर्ताको सक्कल वा सो को प्रमाणित प्रतिलिपी।
  • नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. २०० को मनी अर्डर।

 घ) कागजात प्रमाणिकरण

  • रीतपूर्वक भरेको निवेदन।(https://us.nepalembassy.gov.np/wp-content/uploads/2018/07/Attestation-Application-Form.pdf) ।
  • प्रमाणित गर्ने कागजातको सक्कल र प्रतिलिपि।
  • नेपालको कुनै निकायबाट जारी भएको कागजात भए परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागबाट प्रमाणिकरण भएको कागजातको सक्कल र प्रतिलिपी।
  • सक्षम निकायबाट जारी भएको आफ्नो परिचय खुल्ने परिचयपत्र, जस्तै-नागरिकता, राहदानी आदि।
  • सवारी चालक अनुमतिपत्रको हकमा सम्बन्धित यातायात कार्यालयबाट जारी भएको verification letter।
  • नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. ५० को मनी अर्डर।

ङ) एकतर्फी यात्रा अनुमतिपत्र

च) पर्यटक भिषा

  • सेवाग्राहीले https://nepaliport.immigration.gov.np/onlinevisa-mission/application मा गई रीतपूर्वक फाराम भरी submit गरेपछि प्रिण्ट गरिएको confirmation page को hard copy।
  • कम्तिमा ६ महिना भन्दा बढी अवधि बहाल रहेको राहदानी।
  • कम्तीमा २ वटा भिसा पानाहरु बाँकी रहेको राहदानी।
  • नेपाली राजदूतावासको नाममा जारी भएको मनी अर्डर (१५ दिने भिषाका लागि अ.ड. ३०, ३० दिने भिषाका लागि अ.ड. ५० र ९० दिने भिषाका लागि अ.ड. १५०)।

 (तर, राहदानी र नागरिकता कुनैको पनि सक्कल उपलब्ध हुन नसकेमा सोको प्रतिलिपी वा सो पनि उपलब्ध हुन नसकेमा निवेदक नेपाली नागरिक भएको प्रमाणित हुने कागजात, जस्तै- नागरिकता जारी भएको जिल्ला/इलाका प्रशासनबाट नागरिकताको आधिकारिकता खुलाई लेखेको पत्र कागजात)

CategoriesArchive 2021Notice

अमेरिका खबर इडिटरियल

America Khabar is an online news portal from San Francisco, California. We Cover all Nepalese American news from America and beyond.

Related Posts

सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

७ पुष ,काठमाडौं । उद्योगपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सेवाग्राहीलाई दुख दिने नियतले कानुन बनाउने काम रोक्नुपर्नेमा जोड दिएका छन् । आइतबार (६ पुष ) सिंहदरबारमा बसेको अर्थ…

Read more

५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

Read more

You Missed

सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

  • By
  • December 23, 2024
  • 7 views

५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

  • By
  • December 22, 2024
  • 10 views

छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

  • By
  • December 22, 2024
  • 12 views

आज सुनचाँदीको मूल्य बढ्यो

  • By
  • December 22, 2024
  • 11 views

एमालेले बोलायो सचिवालय बैठक

  • By
  • December 22, 2024
  • 9 views

नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

  • By
  • December 21, 2024
  • 12 views
नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार