
बर्तमान अबस्था र भ्रमको राजनीति
भक्त केसी,
२५ माघ, काठमाडौं । नेपालको राजनीतिमा चेहरा परिवर्तन भयो तर देशको अबस्था परिबर्तन भएँन , पैसा लगानी भए विकास भएन , व्यवस्था परिवर्तन भयो, जनताको अवस्था परिवर्तन भएन ।
विभिन्न धर्म, संस्कृति, भाषा, भेषभुषा र रितिरिवाज अनि परम्परालाई सँगाल्दै खुसीमा खुसी र दुःखमा दुखी हुँदै मिलेर बसेको मानिसहरूको समूह नै वास्तविक अर्थमा समाज हो। विभिन्न समूह मिलेर समाज र समाज समाज मिलेर राष्ट्रको निर्माण भएको छ। तर स्थानीय तहसम्म झ्यांगिएको राजनीतिक प्रतिस्पर्धाले आज हरेक नागरिकलाई राजनीतिक रूपमा सचेत बनाएको छ। केन्द्रदेखि गाउँसम्म विस्तार भएको राजनीतिक गतिविधिले हरेक नागरिकलाई आफ्ना मौलिक हकप्रति संवेदनशील बनाएको देखिन्छ ।पार्टीको खोल बोकेका कार्यकर्ताहरु चेहरा, चरित्र र चेष्टा ठीक नभएकाहरू भ्रमको राजनीतिमा रमाउँछन्, नेपालमा मुख्य राजनीतिक विचारधाराहरूमध्ये पार्टीवाद, समाजवाद, कम्युनिज्म, माध्यमिक राज्य, राष्ट्रियवाद, गणतान्त्रिकता, र नेपाली अध्यामिक विचारधारा आदि प्रमुख छन्, तर नागरिकबाद, सुशासन देश भक्ति छैन । अनुसन्धानको बिषय , को दोसी को छ निर्दोस छ ?
राजनीतिक नेताले अब मास्क खोलौँ दोहोरो मापदण्डमा चल्नु किन ? सत्तामा रहस्यमयी खेलहुले गर्दा देश दोहनमा कत्ति कमि आएन , राजनीतिज्ञ नेता जनताका नेता बन्न नसक्नु , जनताप्रति उत्तरदायी बन्न नसक्नु , देशमा भ्रष्टाचार उन्मुलन हुन् नसक्नु , समर्थन र वच बचाउका लागि कानुन बन्दै गर्दा राजनीतिक क्षेत्र, विकृतिका क्षेत्र रहेका छन् कुनै पनि संगठन,पाटि, र राष्ट्रको नेतृत्व गर्न सक्ने आत्म विश्वास भएको ब्यक्ती लाई नेता भनिन्छ । नेता भन्ने बित्तिकै हामीले धेरै कुरालाई बुझ्छौँ,जो सुकै व्यक्ति नेता बन्न सक्दैनन् । नेतृत्वमा हुनुपर्ने गुणलाई विकसित गर्दै लगे मात्र असल नेता बन्न सकिन्छ । सानै उमेर देखि नेतामा हुने गुण देखिन थाल्दछ तर यो यतिको सुपरस्टार नेता हुन्छ भन्न सकिँदैन ।अनुदार, यथास्थितिवादी, शारीरिक अशक्तता, कमजोर स्मरणशक्ति, परम्परावादी चिन्तन, नेतृत्व हस्तान्तरण नगर्ने, नातावाद, कृपावाद र भ्रष्टाचारमा फस्ने प्रवृत्ति, सता र शक्तिमा टिकिरहने निरङ्कुश शैली जस्ता विशषता वृद्धतन्त्रमा हुन्छन् । आधुनिक युगलाई बुझ्ने क्षमता र चिन्तन उनीहरूमा पाईएन । त्यसकारण उनीहरू परिवर्तनमा जोखिम देख्छन् । संस्थागत भ्रष्टाचार र सङ्गठित अपराध , अर्थ राजनीति, प्रशासन र परराष्ट्रसम्बन्धी ठोस दृष्टिकोण नहुनु, असङ्गतिपूर्ण गठबन्धनको क्रीडास्थल बन्दै जानु,विश्व व्यवस्था प्रणालीलाई नबुझ्नु र एकाकार हुन नसक्नु, नयाँ दलहरू पुरानाको विकल्प बन्न नसक्नु, समाजवादको नारा संवैधानिक अलङ्कारमा सीमित राख्नु , पुराना राजनीतिक शक्ति बिभाजन छ। राजनीतिक शक्ति असक्षमहरु संग को तालमेल साबित भइसकेका छन् । मुलुक यतिखेर सफलता र असफलताको दोसाँधमा अस्थिपञ्जर मात्र लिएर उभिएको छ । मुलुकको यही दुर्दशापूर्ण अबस्था को गर्भबाट रक्तबिजका रूपमा नयाँ विश्व दृष्टिकोणसहितको वैकल्पिक राजनीतिक शक्ति र नेतृत्वको जन्म हुन आवश्यक छ । हाम्रा नेताले विश्व परिवर्तनको भेउ नै पाउँदैनन्, अल्पदृष्टिले गर्दा , देशको माटो चाहेको नेताले देख्न सकेनन, देशको बाटो स्पष्ट छ, नेतृत्वमा चरम अलमल छ ,परिवर्तन ल्याउनका लागि परिवर्तनकारी राजनीतिक शक्ति र सक्षम नेतृत्वको आवश्यकता पर्छ। यस्ता नेतृत्वसँग कम्तीमा युग अनुकूल अर्थराजनीति, प्रशासनिक क्षमता र परराष्ट्रसम्बन्धी सन्तुलित र गतिशील दृष्टिकोण हुन आवश्यक छ। वर्तमान अवस्थामा देखिने बेथितिलाई मध्यनजर गर्दै, राज्यको पुनःसंरचना अपरिहार्य छ। संसारका अधिकांश मुलुकको इतिहासले पनि यही सन्देश दिएको छ ।