‘फेसियल हाउस’ ब्युटी सैलुनले मनायो सत्रौं वार्षिकोत्सब

१० पुष ,काठमाडौं । ‘फेसियल हाउस’ ब्युटी सैलुनले आफ्नो १७औं वार्षिकोत्सब मनाएको छ। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा आज काठमाडौंमा आयोजना गरिएको विशेष समारोहबीच फेसियल हाउसले भव्यरुपमा वार्षिकोत्सब मनाएको हो।

फेसियल हाउसकी संचालक एवं प्रबन्ध निर्देशक सुष्मा महराको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा, नेपाल उद्योग वाणिज्य संघ काठमाडौं जिल्लाका अध्यक्ष दिनेश श्रेष्ठ , नेपाल ब्युटीसिएन एसोसिएशनकी महासचिव शशी शाह लगायतको उपस्थिति रहेको थियो ।

वार्षिकोत्सब कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख डङ्गोलले धेरै संघर्षपुर्ण कामबाट आजको उपलब्धि प्राप्त गर्दासम्मको फेसियल हाउस र संचालक महराको प्रेरणादायी यात्रा प्रति प्रसंशा व्यक्त गरिन। सौन्दर्य व्यवसाय आफैंमा कला र महिला सशक्तीकरणको माध्यम हुनुका साथै यसले व्यक्तिको आत्मविश्वास समेत बढाउने उनले बताइन।

फेसियल हाउसका संरक्षक तथा वरिष्ठ पत्रकार उज्वलजंग शाहले स्वागत मन्तव्य राखेका कार्यक्रममा संस्थाका २६ जना उत्कृष्ट कर्मचारीलाई पुरस्कार, ४३ जना कर्मचारीलाई मायाको चिनो प्रदान गरिएको थियो। साथै , उत्कृष्ट शाखा र आफ्ना पाँच विद्यार्थिलाई पनि पुरस्कार प्रदान गरियो।

काठमाडौंको सुनधारास्थित काठमाडौं मलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसको काठमाडौंको चाबहिल , पोखरा , सुर्खेत, चितवन, धनगढी लगायत ठाँउमा शाखाहरु रहेका छन् । फेसियल हाउसले मुलुकमा स्वरोजगार बढाउने र सीपयुक्त जनशक्ति उत्पादनमा अग्रसर रहदै आएको प्रबन्ध निर्देशक महराले कार्यक्रममा बताइन् ।

The post ‘फेसियल हाउस’ ब्युटी सैलुनले मनायो सत्रौं वार्षिकोत्सब first appeared on Khabar Breaking.

  • Related Posts

    फेसियल हाउस’को १७औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

      १० पुष, काठमाडौं । सौन्दर्य क्षेत्रमा उत्कृष्ट सेवा दिँदै आएको नेपालकै नम्बर वान ब्युटी सलुन ‘फेसियल हाउस’ले आफ्नो १७औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । बुधबार काठमाडौं महानगरपालिकाकी उपमेयर…

    Read more

    चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा ताकाहिरो बीच भेटवार्ता 

      १० पुष, काठमाडौँ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा ताकाहिरो सहित दूतावासका उच्च पदस्थ पदाधिकारी बिच भेटवार्ता भएको छ।     मङ्गलवार…

    Read more

    Leave a Reply

    You Missed

    ‘फेसियल हाउस’ ब्युटी सैलुनले मनायो सत्रौं वार्षिकोत्सब

    • By
    • December 25, 2024
    • 9 views

    फेसियल हाउस’को १७औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • By
    • December 25, 2024
    • 8 views

    चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा ताकाहिरो बीच भेटवार्ता 

    • By
    • December 25, 2024
    • 10 views

    क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

    • By
    • December 25, 2024
    • 11 views

    ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण’ गठनको अध्यादेश मन्त्रिपरिषदबाट पारित

    • By
    • December 25, 2024
    • 15 views

    महासंघ अध्यक्ष ढकालद्वारा उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीहरूलाई आह्वान

    • By
    • December 24, 2024
    • 10 views