काठमाण्डौं । बिश्लेषक तथा लेखक डा डिआर उपाध्यायले एमालेको महाधिवेशनको सन्दर्भमा आफूले बोलेको कुरा पुगेको बताएका छन । आज खबर ब्रेकिङ संग छोटो कुरा गदै उनले यस्तो बताएका हुन ।
उनले भने, ‘मैले सुरु देखि नै भन्दै आएको थिए । केपी ओली संग भिम रावलले प्रतिस्प्रर्धा गर्न खोज्नु भनेको कुहिनाले पहाड फोर्न खोज्नु जस्तो हो भनेको थिए । एमालेको महाधिवेशन परिणामले त्यस्तै देखायो । रावल असल र राम्रा बौद्धिक नेता हुन । निर्वाचनमा गए पछि हार जित हुन्छ यो स्वभाविक कुरा हो । यसमा रावलले चित्त बुझाउनु पर्छ ।”
उनले एमालेमा ओली संग प्रतिस्प्रर्धा गर्न सक्ने नेता अरु नभएको दाबी गरे । ओलीकै कारण एमाले चलायमान भएको कुरा उल्लेख गदै उनले फेरी राष्ट्रिय राजनीतिमा ओली नै शक्तिशाली हुने बताए ।सत्ता गठबन्धनमा भएका अरु नेता भन्दा ओली नै यति बेला चर्चामा भएको उनले बताए । उनले ओलीमा स्पष्ट बोल्ने कला र अडान भएको नेता बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब समाजवादीका अध्यक्ष माधब नेपाल देखि भिम रावल सम्मका नेताहरुलाई ठाउँ दिने गरी एकिकरण अभियानमा लाग्न उनले सुझाव समेत दिए ।
एमाले र समाजवादी पार्टी आगामी निर्वाचनमा एक्ला एक्लै चुनाव लडे परिणाम अरु पाटीको हातमा जाने ठोकुवा गरे । उनले भने, ‘अब एमाले र समाजवादी पाटी बीच एकता हुनु पर्छ । यदि निर्वाचन अघि एकता हुन नसके दुवै पार्टीलाई घाटा हुन्छ ।” उनले समय छदै दुवै पाटी मिल्नु पर्ने बताए । उनले भने, ‘लोकतन्त्रमा ठूला पाटी बिभाजन हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो । यसमा लोकतन्त्रवादी दलहरु सचेत हुनु पर्छ । बिगतका इतिहासवाट पाठ सिकेर राजनीतिक दलहरु अघि बढनु पर्छ ।” बिचार, नीति र सिद्धान्त मिल्ने पाटीहरु एक ठाउँ हुनु पर्ने उनले बताए ।