
फागुन १८ देखि जसपाको केन्द्रीय समिति बैठक
२८ माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकको मिति परिवर्तन गरिएको छ ।प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार यस अघिको समय परिवर्तन गरी आगामी फागुन १८, १९ र २० गते काठमाडौंमा बस्ने गरी पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरिएको छ ।
बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ ।बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्य प्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने छन् ।