
प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त
१ फागुन, काठमाडौँ । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी नियुक्त भएका छन् । शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले पदपूर्ति समितिको सिफारिसमा निर्देशक सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो । प्राधिकरणका अनुसार नवनियुक्त कार्यकारी निर्देशक सुवेदीले आजैदेखि कार्यभार सम्हालेका छन् ।