प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

२५ असोज, काठमाडौं । बडादसैँका अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नक्सालस्थित सशस्त्र प्रहरी गणमा मौलो पूजा गर्नु भएको छ । हरेक वर्ष नेपाल प्रहरीले मौलो पूजा गर्दै आएको छ ।

त्यस अवसरमा उहाँले मौलो पूजाका निम्ति विशेष कार्य गरेबापत प्रहरी नायब निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र थारुलाई नगद पुरस्कार प्रदान गर्नु भयो ।

पूजामा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृतहरूको उपस्थिति थियो । पूजापछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो ।

नेपाल प्रहरीले २०११ सालमा निशान झण्डा प्राप्त गरेपश्चात् हरेक वर्ष बडादसैँ र चैते दसैँमा निरन्तर रूपमा मौलो पूजा गर्दै आएको छ । साथै देशभरका विभिन्न प्रहरी कार्यालयमा रहेका मौलोमा पूजा गर्ने परम्पराअनुरूप आज सम्पूर्ण प्रहरी एकाइमा पनि मौलो पूजा गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

The post प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा first appeared on Khabar Breaking.

  • Related Posts

    ११ जुवाडे पक्राउ

    २७असोज, दाङ । दाङमा ११ जुवाडे पक्राउ परेका छन्। दंगीशरण गाँउपालिका वडा नम्बर ३ रावत गाँउबाट शनिबार राति साढे दश बजेतिर एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ परेका हुन्।…

    Read more

    आज पनि दसैँको टीका लगाईँदै

    २७ असोज, काठमाडौं । विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि दसैँको टीका लगाउँदैछन्। बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक…

    Read more

    Leave a Reply

    You Missed

    ११ जुवाडे पक्राउ

    • By
    • October 13, 2024
    • 15 views

    आज पनि दसैँको टीका लगाईँदै

    • By
    • October 13, 2024
    • 13 views

    Profile and Interviews: LIVE🔴 सुबह शाम 5 मिनट ये सुनें..मन शांत रहेगा../ Meditation Bk Yog / Guided meditation

    Profile and Interviews: गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft. Balabhadranath #motivation #culture

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 18 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 19 views