
प्रभावशाली नेता नै एमालेमा प्रवेश, राजनीतिमा तरंग
दाङ १३ माघ । नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा माओवादीका प्रभावशाली नेता एमाले प्रवेश गरेका छन । एमाले महासचिव शंकर पोखरेल गृहजिल्ला दाङ आएको बेला बिप्पलव समुहका प्रभावशाली नेता सहदेब थारु बिहानी एमाले प्रवेश गरेका हुन । उनी एमालेमा प्रवेश गरे संगै राजनीतिमा एक खालको तरंग उत्पन्न भएको छ ।
घोराही १४ निवासी थारुलाई एमाले महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले अविर र खादा लगाएर पार्टीमा स्वागत गरेका छन ।
महासचिव पोखरेलसँगै अन्य नेताहरुले पनि उनलाई एमालेमा स्वागत गरेका छन । नेपाली कम्युनिष्ट आन्दोलन र समृद्धीको अभियानमा सघाउन आफू एमाले रोज्न पुगेको थारुले बताए ।
एमालेबाहेक अरु दलबाट मुलुकको उन्नती संभव छैन भन्ने तथ्यहरु प्रष्ट भइसकेपछि अरु दलतिर बसिरहनुको औतित्य छैन भनेर नै यो पार्टी रोजेको हो,’ एमाले प्रवेश गरेपछि थारुले भने ।