प्रकाश दाई, काठमाण्डौ
“हामी शहरमा छौँ,
जानुस् गाउँ गएर ‘सामन्ति’ भन्दै गरिखाएकाहरुलाई लखेट्नुस् ।
हिँजो यसै आसएको भासण गर्दै रुँदै गरेछन् प्रचन्ड ।
उनि अझै पनि आफुलाई सामन्ति मान्दैनन् ।
अचेल त उनले आफ्नो बिरोध गर्ने सबैलाई सामन्ति देख्छन् ।
खासगरि आजको दिनमा प्रचन्डको बिरोध गर्नेहरु , हिँजो उनले गरेका परिवर्तनका गफहरुलाई समर्थन गर्नेहरु नै हुन् ।
ति अयोग्य लडाकु देखि गाउँघरमा सामान्य कृषि गरेर जिविका चलाएकाहरु हुन् ।
ति त खाडिमा जोतिने देखि छर्रा जिउमा बोकेर ओछेन परेकाहरु हुन् ।
जो हिँजो जहाँ थिएँ तहाँ भन्दा पनि खस्किए ।
यिनिहरु सामन्ति !
अब यिनका बा आमैलाई गाउँगाउँबाट लखेट्ने !
आसा गरेको व्यक्तिले बाटो बिराएर हिँड्दा, गलत बाटो हिँडिस भन्नेहरु बिरोधि हुने !
अनि सबै बिरोधी सामन्ति हुने !
हाम्रा बाहरु जो खेतिकिसानि गर्छन् र प्रचन्डले गरेन , बिग्र्यो भन्छन् – तिहरु सामन्ति !
सरल भाषामा सामन्ति भनेको – जनतालाई दुःख दिने, उनिहरुको सम्पति हडप्ने, अनि त्यहि सम्पतिको प्रयोग गरि आफु आलिसान जिवन जिउने आदि आदि बिशेषता भएको व्यक्तिलाई बुझाउँछ ।
अहिले यस्ता बिशेषता बोक्ने ज्यादतर मान्छेहरु हिँजोका माओवादी नै होइनन् र !
कि उनिहरुको जिवनसैलीलाई प्रचन्डले क्रान्तिको उपलब्धी मान्छन् !
प्रचन्ड,
अझै पनि लखेट्ने, पिट्ने , धम्क्याउने र परिआए मार्ने सम्मका कुरा गर्छन् ।
भन्छन्,
“भिड्नुस् । आतङ्कित पार्नुस् । ठुन्क्याउनुस् ।
मलाई हिँजोको जस्तो वाईसियल चाहियो ।”
प्रचन्ड नेता थिए कि 'गुन्डा' ! अथवा 'डन' हुन कि नेता !
भगत सिँहको सिनेमा हेर्दा मर्न मन लाग्ने, साउथ इन्डियन सिनेमा हेर्दा ठोक्न मन लाग्ने,
कतै यि मनोरोगी त होइनन् !
बहुत कन्फ्युजन् रे बाबा !