पोखरा विमानस्थलको पूर्ण सञ्चालन र प्राधिकरणका महानिर्देशकलाई हटाउन माग गर्दै प्रदर्शन

९ मंसिर , काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न र नागरिक उड्डयन प्राधिकरणमा हुने भ्रष्टाचारको छानबिन गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ।

राष्ट्रिय एकता अभियान, काठमाडौंले जिल्ला नागरिक उड्डयन प्राधिकरण कार्यालय, बबरमहलको अगाडि धर्ना कार्यक्रमको आयोजना गरेको हो।

धर्नामा सहभागीहरूले विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको छानबिन र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीपराज अधिकारीलाई बर्खास्त गर्न माग गरे। कार्यक्रममा अभियानका मधेश प्रदेश सम्पर्क समितिका संयोजक बिनोद सिंहले नेतृत्व गरेका थिए। कार्यक्रममा केन्द्रीय अध्यक्ष विनय यादव, केन्द्रीय सदस्य चन्द्र यदुवंशी, र स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।

सहभागीहरूले “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गर”, “विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको छानबिन गर”, “नागरिक उड्डयन प्राधिकरणका असफल र भ्रष्ट महानिर्देशकलाई बर्खास्त गर”, “चिनियाँ राजदूतसँग कूटनीतिक नोट माग गर” जस्ता नारासहित प्लेकार्ड बोक्दै प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन, निर्माणमा भएका प्राविधिक त्रुटिहरू समाधान गर्न, र विमानस्थल निर्माणका लागि लिएको चर्को ब्याजदरको ऋणलाई अनुदानमा परिणत गर्न सरकारलाई दबाब दिएका छन्।

कार्यक्रममा सहभागीहरूले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै, विमानस्थल सञ्चालन र भ्रष्टाचारको छानबिनमा तत्काल कदम चाल्न सरकारलाई चेतावनी दिएका छन्।

The post पोखरा विमानस्थलको पूर्ण सञ्चालन र प्राधिकरणका महानिर्देशकलाई हटाउन माग गर्दै प्रदर्शन first appeared on Khabar Breaking.

  • Related Posts

    दसौँ उद्योग दिवस: सरकारी र निजी क्षेत्रको समन्वयमा जोड

    ९ मंसिर , काठमाडौं । ‘उद्यमशील संस्कृति:राष्ट्रको समृद्धी’ भन्ने नाराको साथमा सरकारले दसौँ उद्योग दिवस आज आइतबार  मनाएको छ। १९९३ मंसिर ९ गते नेपालमा विधिवत उद्यमशीलता सुरुवात भएको दिनको सम्झनामा…

    Read more

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

    ९ मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र…

    Read more

    Leave a Reply

    You Missed

    दसौँ उद्योग दिवस: सरकारी र निजी क्षेत्रको समन्वयमा जोड

    • By
    • November 24, 2024
    • 3 views

    पोखरा विमानस्थलको पूर्ण सञ्चालन र प्राधिकरणका महानिर्देशकलाई हटाउन माग गर्दै प्रदर्शन

    • By
    • November 24, 2024
    • 4 views

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

    • By
    • November 24, 2024
    • 3 views

    काठमाडौंमा छैटौं एशियाली जनसंख्या सम्मेलन हुँदै

    • By
    • November 24, 2024
    • 3 views

    आज पनि सुनको मूल्य बढ्यो

    • By
    • November 24, 2024
    • 3 views

    रविलाई आज कास्की अदालत उपस्थित गराइँदै

    • By
    • November 24, 2024
    • 3 views