
पुनर्गठन दिवस मनाउँदै एकीकृत समाजवादी पार्टी
काठमाण्डौं ९भदौ । नेकपा (एकीकृत समाजवादी) ले पार्टी अज पुनर्गठन दिवस मनाउँदैछ । समाजवादीले निर्वाचन आयोगबाट दल दर्ता प्रमाणपत्र पाएको दिनको अवसरमा आज पार्टी पुनर्गठन दिवस मनाउन लागेको हो ।
कार्यक्रमलाई पार्टीका अध्यक्ष माधवकुमार नेपाल र पार्टीका सम्मानित नेता झलनाथ खनालले सम्बोधन गर्नेछन् ।
गत वर्ष नेकपा (एमाले) बाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा २ भदौमा निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा ९ भदौमा सो पार्टीले दर्ता प्रमाणपत्र पाएको थियो ।