पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपेन्द्र यादव यसो भन्छन्

 

 

सप्तरी ९ चैत । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जिल्लाका नेताहरुको योग्यता र क्षमता प्रदर्शन गर्ने बेला आएको बताएका छन् । स्थानीय तहको निर्वाचनमा जिल्लाका नेताका योग्यता र क्षमता प्रष्टफुटित हुने उनले बताए ।

राजविराजमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले निर्वाचनमा टिकट दिने र जिताउने जिम्मेवारी जिल्लाकै नेताको रहेको बताए । उनले भने, ‘योग्य, सक्षम र इमान्दारको खोजी गरी टिकट दिएर जिताउनु पनि जिल्लाकै नेताको जिम्मेवारी हो ।’

उम्मेदवार छनौटमा गडबडी भए पुनः माथिबाटै हेर्नुपर्ने भन्दै उनले यस्तो अवस्था आउन दिन नहुने बताए । गाउँ गाउँ गएर जनतासँग कुरा गरी उम्मेदवार छनौट गर्न उनले सुझाव दिए ।

‘हरेकका जन्मकुण्डली जनतालाई थाहा छ’ उनले भने, ‘स्थानीय तहको विकास गर्न सक्ने क्षमतावान र लोकप्रिय व्यक्ति जोसुकै भए टिकट दिनुस् र जिताउनुस् ।’

आफूसँग धेरै मान्छे टिकट माग्न आइरहेको भन्दै यादवले आफूले त्यो अधिकार आफूलाई नभएको सुनाइरहेको बताए । ‘टिकट दिने अधिकार जिल्लालाई नै छ, जिताउने काम पनि जिल्लाले नै गर्नुपर्छ।’ उनले भने ।

 

  • Related Posts

    गोकर्णमा अन्तर्राष्ट्रिय कला शिविर: सिर्जनशीलता र सहकार्यको विशेष मञ्च

    २ कार्तिक, काठमाडौं । गोकर्णमा Presentation of Creative Intelligence नामक १० दिने अन्तर्राष्ट्रिय कला क्याम्प आजबाट सुरु भएको छ। २०० जना सहभागी प्रतिनिधिहरू मध्ये १५० विदेशी र ५० नेपाली विद्यार्थी…

    Read more

    पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

    २ कार्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृह मन्त्रीसमेत रहेका रवि लामिछाने पक्राउ परेका छन् । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको…

    Read more

    You Missed

    गोकर्णमा अन्तर्राष्ट्रिय कला शिविर: सिर्जनशीलता र सहकार्यको विशेष मञ्च

    • By
    • October 18, 2024
    • 9 views

    पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

    • By
    • October 18, 2024
    • 9 views

    आज र भोलि देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

    • By
    • October 18, 2024
    • 13 views

    सरकारले बजारमा गहुँको माग बढेसँगै भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने

    • By
    • October 18, 2024
    • 15 views

    मन्त्रिपरिषद्को बैठक बस्दै

    • By
    • October 18, 2024
    • 13 views

    सरकारले जनताको राहत र पुनःस्थापनाका लागि पहिलो पहल गर्नुपर्छः रामहरी खतिवडा

    • By
    • October 17, 2024
    • 13 views