पञ्चकन्या स्टील प्रालिका उत्पादनलाई ‘ग्रीनप्रो’ प्रमाणपत्र

५ कार्तिक , रूपन्देही । पञ्चकन्या स्टील प्रालिले ‘ग्रीनप्रो’ प्रमाणपत्र प्राप्त गरेको जनाएको छ । पञ्चकन्याले उत्पादन गर्दै आएको ५०० एक्सडी र ५५० एक्सडि रिबार (फलामे छड)ले प्रतिष्ठित ‘ग्रीनप्रो’ प्रमाणपत्र प्राप्त गरेको हो ।यो हरित उत्पादनको प्रमाणपत्र हो।  नेपालमै पहिलोपटक यस्तो प्रमाणपत्र प्राप्त गरेको कम्पनीले जनाएको छ।

पञ्चकन्याका कार्यकारी निर्देशक उज्ज्वल श्रेष्ठल यस्तो प्रमाणपत्र पाउने पञ्चकन्या स्टील नेपालकै पहिलो र एक मात्र छड कम्पनी भएको जानकारी दिए । विश्वका ७० भन्दा बढी देशका स्टील कम्पनी सहभागी भएको उक्त कार्यक्रममा नेपालको तर्फबाट पञ्चकन्या स्टीलले मात्र ग्रीनप्रोको मान्यता पाएको कार्यकारी निर्देशक श्रेष्ठको भनाई छ ।

‘ग्रीनप्रो’ प्रमाणपत्र पाउनुले पञ्चकन्या वातावरणीय दिगोपन र निर्माण उत्कृष्टतामा प्रतिबद्ध छ भन्ने प्रस्ट भएको उनले बताए । कम्पनीले शून्य कार्वन उत्सर्ननको मान्यतालाई प्रतिबद्धता जनाई कममात्रा कार्वन भएको कच्चा पदार्थ र प्रविधि प्रयोग गरी उत्पादनलाई निरन्तरता दिएको छ । उनका अनुसार ’ग्रीनप्रो इकोलेबल’ मान्यता पाएसँगै पञ्चकन्याका यी दुई प्रकारका फलामे छड हरित उत्पादनमा दर्ज भएका हुन् । यो मान्यता संसारभर लागू हुन्छ र यो पाउन विभिन्न मापदण्डहरू पूरा गर्नुपर्छ ।

उक्त प्रमाणपत्र कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री सिआइआइ९सोराभजी गोदरेज ग्रीन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको हो । ग्रीनप्रो प्रमाणपत्रले वातावरणीय प्रदूषणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ ।

यो प्रमाणपत्र ग्रहणपश्चात् पञ्चकन्या स्टीलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गरेको कम्पनीले जनाएको छ। ग्रिन प्रो इकोलेबललाई ग्लोबल इकोलेबललिङ नेटवर्कद्वारा जेनिसेशको अन्तर्देशीय रूपमा समन्वित इकोलेबललिङ प्रणालीमार्फत मान्यता प्राप्त छ । ग्रिनप्रो प्रमाणपत्र प्राप्त स्टील रिबारहरूले प्रयोगकर्ताहरूका लागि महत्वपूणर् फाइदाहरू ल्याउने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यी रिबारहरूले हरित भवन प्रमाणपत्रहरू प्राप्त गर्न मान्यता र ख्याति प्राप्त हुने, स्रोतको खपत घटाएर उत्पादनमा सुधार गर्ने र विषाक्त पदार्थहरू हटाएर सुरक्षालाई सुनिश्चित गर्नेछ । संरचनात्मक डिजाइनरहरूको लागि यी उच्च गुणस्तरका फिलामे डण्डीहरूले राम्रो डिजाइनलाई समर्थन गर्दछ, टिकाउपना बढाउँछ, विश्वास जगाउँछ र निर्माण लागत तथा प्रभावकारिता र निर्माणको गति बढाउने कार्यकारी निर्देशक श्रेष्ठको भनाई छ ।

निर्माताहरूका लागि ग्रीनप्रो प्रमाणपत्रले उत्पादनहरूलाई प्रतिस्पर्धीहरूबाट फरक पार्दछ, नवप्रवर्तनलाई प्रोत्साहित गर्दछ, स्रोत संरक्षण बढाउँछ र वातावरणीय उत्कृष्टता कायम गर्ने श्रेष्ठको भनाइ छ ।

पञ्चकन्याले विज्ञप्ती जारी गर्दै लेखेको छ, “सम्पूर्ण पञ्चकन्या परिवार यो मान्यताबाट अत्यन्त गौरवान्वित छ, जसले नवप्रवर्तन र उत्कृष्टताप्रति समूहको निरन्तर प्रतिबद्धतालाई प्राथमिकतामा राख्दछ । पाँच दशकभन्दा बढीको अनुभव सहित, पञ्चकन्या समूहले दिगो उत्पादन र अभ्यासका लागि नयाँ मापदण्डहरू स्थापित गर्दै उद्योगलाई नेतृत्व गर्न जारी राखेको छ, गुणस्तर र वातावरणीय जिम्मेवारीलाई हातेमालो गर्दै बजारको सुनिश्चित गर्दछ । पञ्चकन्या समूहले वातावरणीय उत्तरदायित्व र गुणस्तरलाई प्राथमिकता दिदै भविष्यमा पनि आफ्नो नवप्रवर्तनशील उत्पादनहरू र दिगो विकासको लक्ष्यप्रति दृढ रहनेछ ।”

The post पञ्चकन्या स्टील प्रालिका उत्पादनलाई ‘ग्रीनप्रो’ प्रमाणपत्र first appeared on Khabar Breaking.

  • Related Posts

    एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

    ६ कात्तिक, काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न शेयरधनीको स्वामित्वमा रहेको कुल १ लाख २३ हजार ३२४ कित्ता शेयर बिक्रीमा राखेको हो ।…

    Read more

    संसदीय समितिका सभापति र प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख

    ६ कात्तिक, काठमाडौं । सभामुख देवराज घिमिरेले ६ वटा संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरुसँग संयुक्त छलफल गर्दै हुनुन्छ । सभामुखले समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकहरुलाई…

    Read more

    Leave a Reply

    You Missed

    एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

    • By
    • October 22, 2024
    • 0 views

    संसदीय समितिका सभापति र प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख

    • By
    • October 22, 2024
    • 0 views

    साढे २० लाख भारुसहित २ भारतीय नागरिक पक्राउ

    • By
    • October 22, 2024
    • 0 views

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकद्वारा २५ लाख सहयोग

    • By
    • October 22, 2024
    • 0 views

    वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा न्यायाधीश नियुक्ति गर्ने प्रधानन्यायाधीश राउतको प्रतिबद्धता

    • By
    • October 21, 2024
    • 9 views

    श्रम, मन्त्री भण्डारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुरा हुँदै, यस्तो छ, प्रगति विवरण

    • By
    • October 21, 2024
    • 10 views