२ मंसिर, काठमाडौं । नेपाल समाजवादी पार्टीले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्ने भएको छ । माओवादी केन्द्रको उम्मेदवारी रहेका पालिका र वडाहरुमा सहयोग गर्ने पार्टीका महासचिव रमेश प्रसाद यादवले बताउनु भयो ।
नेसपा २०७९ मा सम्पन्न संघ र प्रदेशको निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लडेको थियो । अहिलेको स्थानीय तह उपनिर्वाचनमा पनि माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा लिएर सहभागी हुँदैछ । स्थानीय तह उपनिर्वाचनको मनोनयन दर्ता मंसिर २ गते आज हुँदै छ ।
The post नेसपाले आफ्ना उम्मेदवार नभएका स्थानमा माओवादी केन्द्रलाई सघाउने first appeared on Khabar Breaking.