नेपाल राष्ट्र बैंकको नाफामा करिब २२ प्रतिशतको वृद्धि

३ मंसिर ,काठमाडौं । नेपाल राष्ट्र बैंकको नाफामा अघिल्लो वर्षको तुलनामा  नाफा २१.९६ प्रतिशतले वृद्धि भएको जनाएको छ। ‘आर्थिक वर्ष २०८०/८१ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्याङ्कन लाभ/हानि समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा २१.९६ प्रतिशतले वृद्धि भई रु ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार कायम भएको छ’, बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, राष्ट्र बैंकले ३७ अर्ब रुपैयाँभन्दा बढी रकम सरकारलाई दिने भएको छ । बैंकको खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरूमा छुट्ट्याउनु पर्ने रकम विनियोजन गरी बाँकी बचत रकम रु.३७ अर्ब २२ करोड ३८ लाख २१ हजार नेपाल सरकारलाई उपलब्ध गराउने बैंकको सञ्चालक समितिको बैठकले निर्णय गरेको छ ।

गत असार मसान्तको वित्तीय अवस्थाको विवरणअनुसार यस बैंकको सम्पत्ति तथा दायित्व २०८० असार मसान्तको तुलनामा ३०.१ब ५ प्रतिशतले वृद्धि भई रु.२० खर्ब ६७ अर्ब २ करोड ४३ लाख ७८ हजार कायम भएको छ । आर्थिक वर्ष २०८०/८१ मा रु.१० अर्ब २९ करोड बराबरको विदेशी लगानी र रु.५८ अर्ब ९६ करोड बराबरको विदेशी ऋणको लेखाङ्कन भएको उक्त प्रतिवेदनमा उल्लेख छ ।

The post नेपाल राष्ट्र बैंकको नाफामा करिब २२ प्रतिशतको वृद्धि first appeared on Khabar Breaking.

  • Related Posts

    नगर विकास कोषको कार्यकारी निर्देशकको अन्तरवार्ता भोली हुने

    ६ मंसिर, काठमाडौं । नगर विकास कोषको कार्यकारी निर्देशकको अन्तरवार्ता शुक्रवार हुने भएको छ । कोषले आज एक सूचना जारी गर्दै सो जनकारी दिएको हो । अन्तरवार्ता भोलि ९शुक्रवार० बिहान…

    Read more

    नेपाल-भारत सैन्य हित सम्बन्धि वार्ता आज

    ६ मंसिर , काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा बुधबार काठमाडौं आइपुगेका भारतीय स्थल सेनाका प्रमुख उपेन्द्र द्विवेदीसंग नेपाल र भारतका  सैनिकिबच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय…

    Read more

    Leave a Reply

    You Missed

    Profile and Interviews: How to keep the spark in your relationship 🥰#shorts #couplegoals VS my dother #funny #viral

    Profile and Interviews: Sad Cat ❤️🐈😢 #cats #cat #sad

    Profile and Interviews: Kaisa Lga Himanshi Ka Dance

    Profile and Interviews: محديش يزعل الاطفال || 🥹💔 ،#shorts

    नगर विकास कोषको कार्यकारी निर्देशकको अन्तरवार्ता भोली हुने

    • By
    • November 21, 2024
    • 1 views

    नेपाल-भारत सैन्य हित सम्बन्धि वार्ता आज

    • By
    • November 21, 2024
    • 1 views