नेपाल फ्रेट फरवार्डस एशोसिएसन (नेफा) मा राजेन्द्र संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौं । यही पुष १२ गते शुक्रबार सम्पन्न अधिवेशनबाट नेपाल फ्रेट फरवार्डस एशोसिएसन (नेफा) ले राजेन्द्र संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । नेफाको २४औं वार्षिक सधारण सभापश्चात् भएको निर्वाचनबाट अध्यक्षमा संग्रौला, वरिष्ठ उपाध्यक्षमा नरेश कुमार अग्रवाल, उपाध्यक्षमा अशोक मान कपाली, महासचिवमा हरि प्रसाद ढकाल, कोषाध्यक्षमा इश्वर बहादुर गुरुङ, सचिवमा सुजन कुमार न्यौपाने, सहकोषाध्यक्षमा सञ्जिव अर्याल निर्वाचित भएका हुन् ।

यस्तै, कार्यकारिणी समिति सदस्यहरुमा सहदेव बञ्जारा, मनिष मान श्रेष्ठ, गंगाराम पुडासैनी, गंगा बहादुर राया, सजिव शाक्य, राजेश चन्द्र प्रधानाङ्ग र प्रनुषा कार्की निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यकारिणी समितिको पहिलो बैठकबाट निर्मल पौडेललाई कार्यकारिणी समिति सदस्यमा मनोनीत गरेको एशोसिएसनले जनाएको छ ।

संघ विधानको व्यवस्था अनुसार सल्लाहकार समितिको संयोजकमा पूर्वअध्यक्ष प्रकाश सिंह कार्कीलाई मनोनीत र निवर्तमान अध्यक्ष मनोज अधिकारी कार्यकारिणी समितिको पदेन पदाधिकारी बनेका छन् ।

a93392ac5e2fffb847f7f97df0161aac1735449032 AMERICA KHABAR December 29, 2024

नवनिर्वाचित अध्यक्ष संग्रौलाले संस्थालाई नयाँ आयामबाट माथि उठाउने बताए । सरकार तथा सम्बन्धीत निकायसँग सहकार्य गरी फ्रेट फरवार्डस व्यवसायको प्रभावकारितामा अझै सुधार ल्याउने उनको भनाइ छ ।

अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नयाँ प्रविधिको अवलम्बन गर्दै नयाँ पुस्तालाई फ्रेट फर्वाडिङ्गको पेशामा आकर्षित गर्ने, कर्मचारीहरुको दक्षता अभिबृद्धि गर्न प्रशिक्षण र क्षमता विकास तथा कार्य सहजता, भन्सार प्रक्रियाहरुको सरलीकरण र सहजीकरण तथा सीमा क्षेत्रमा भएका अन्य समस्याहरु समाधान गर्न निरन्तर पहल गरिने उनले बताए ।

The post नेपाल फ्रेट फरवार्डस एशोसिएसन (नेफा) मा राजेन्द्र संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित first appeared on Khabar Breaking.

  • Related Posts

    अर्थतन्त्रमा सुधारको संकेत छन् , ‘कन्ट्री रेटिङ’ सकारात्मक : गभर्नर अधिकारी

    १७ पुष , काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थतन्त्रका  केही क्षेत्रमा संकटको चर्चा भए पनि नेपालले अन्तर्राष्ट्रिय स्तरमा ‘कन्ट्री रेटिङ’लाई कायम राख्न सकेको बताएका छन्  । सोमबार…

    Read more

    रावा इनर्जि लिमिटेडमा पाचौं साधारणसभाबाट नयाँ संचालक समिति निर्वाचित; वार्षिक तथा वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित

    काठमाडौं । रावा इनर्जि लिमिटेडले आफ्नो पाँचौ वार्षिक साधारणसभा पुष १६ गते, मंगलबार सम्पन्न गरेको छ। कम्पनीका अध्यक्ष बद्रीप्रसाद गौतमको अध्यक्षतामा काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको समीक्षा आर्थिक वर्ष २०८०/८१ को…

    Read more

    Leave a Reply

    You Missed

    अर्थतन्त्रमा सुधारको संकेत छन् , ‘कन्ट्री रेटिङ’ सकारात्मक : गभर्नर अधिकारी

    • By
    • January 1, 2025
    • 0 views

    रावा इनर्जि लिमिटेडमा पाचौं साधारणसभाबाट नयाँ संचालक समिति निर्वाचित; वार्षिक तथा वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित

    • By
    • January 1, 2025
    • 0 views

    भिम रावलले आज पत्रकार सम्मेलन गर्ने

    • By
    • January 1, 2025
    • 0 views

    ग्लोबल आइएमई बैंकद्वारा मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन  ‌‌   

    • By
    • December 31, 2024
    • 10 views

    नेपालका ख्याति प्राप्त सरोद वादक पं सुदर्शन राजोपाध्याय कलकत्ता जाने

    • By
    • December 31, 2024
    • 9 views

    क्यान महासंघमा सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

    • By
    • December 31, 2024
    • 12 views