नेपाल पुनर्बीमा कम्पनीको ११औँ वार्षिकोत्सब; २०अर्बको चुक्ता पूँजीसहित प्रतिस्पर्धामा जान अध्यक्ष सिलवालको निर्देशन

नेपाल पुनर्बीमा कम्पनीले आफ्नो  ११औँ वार्षिकोत्सब मनाएको छ । नेपालको पहिलो पुनर्बीमा कम्पनीको रूपमा स्थापित नेपाल पुनर्बीमा कम्पनी स्थापनाको १० वर्ष पुरा गरी कात्तिक २१ गतेदेखि ११औँ वर्षमा प्रवेश गरेको हो । आकस्मिक बीमा कोषको उत्तराधिकारी संस्थाको रूपमा वि.सं २०७१ कात्तिक २१ गते नेपाल पुनर्बीमा कम्पनी स्थापना भएको हो । विदेशी मुद्रा भित्राउन यस कम्पनीको स्थापना भएको थियो ।

अहिले विश्वका ३ दर्जन बढी देशमा व्यवसायिक सम्बन्ध स्थापित गरी कम्पनीले विभिन्न पोलिसी मार्फत करोडौं रुपैयाँ प्रिमियम नेपाल भित्राउन सफल भएको जनाएको छ । प्रतिस्पर्धी बजारमा पुनर्बीमा कम्पनीलाई उत्कृष्ट प्रदर्शन गर्नुपर्ने चुनौति र अवसर रहेको छ ।

१० अर्ब चुक्ता पुँजीबाट सुरु भएको यस कम्पनीको हाल १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ पुँजी पुगेको छ । कम्पनीमा नेपाल सरकारको ४४.०३९ प्रतिशत, नेपाल सरकारबाहेकका संस्थागत लगानीकर्ताको ३९.९६१ प्रतिशत र सर्वसाधारण सेयरधनीको १६ प्रतिशत सेयर स्वामित्व छ ।

हाल कम्पनीमा स्थायी ४७ जना, करार ६ जना, व्यवस्थापन पर्शिक्षार्थी एक र सहायक प्रशिक्षार्थी २ जना कर्मचारी कार्यरत रहेको जनाएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापा छन् भने अध्यक्ष देव राज ढुंगाना रहेका छन् ।

कम्पनीले विभिन्न जोखिम समुहको बीमा, पुनर्बीमा तथा बीमा दाबी भुक्तानी व्यवस्था मिलाउन गठन हुने बीमा पुलको स्थापना तथा व्यवस्थापन गर्ने, पुनर्बीमा तथा बीमा व्यवसायबाट प्राप्त हुन आउने पुनर्बीमा तथा बीमा शुल्कबाट सिर्जित बीमा कोषमा जम्मा हुने रकमलाई विभिन्न क्षेत्रमा लगानी गर्ने, स्वदेशी तथा विदेशी बीमकहरुले गरेको बीमा तथा पुनर्बीमा व्यवसायको आफूले ग्रहण गरेको बीमा तथा पुनर्बीमामा आफूले धारण गर्ने भन्दा बढी जोखिम रकम पुनः पुनर्बीमा (रेट्रोसेसन) गराउने काम गर्छ ।

यस्तै, सम्बन्धित निकायको स्वीकृति लिई स्वदेशी तथा विदेशी पुनर्बीमा कम्पनीहरुसँग आवश्यकता अनुसार पुनर्बीमा ब्रोकरहरुको सेवा लिई वा सो संयुक्त रुपमा वा छुट्टाछुट्टै पुनर्बीमा गर्ने गराउने, आफूले ग्रहण गरेका पुनर्बीमा तथा बीमा व्यवसाय अन्तर्गत उत्पन्न भएका दाबी एवं व्यवस्थापन गरेका बीमा कोष अन्तर्गत उत्पन्न हुने दाबी भुक्तानी सम्बन्धी कार्य गर्ने, बीमकहरुले गरेको बीमा व्यवसाय अन्तर्गतको प्रत्यक्ष हिस्सा ग्रहण गर्ने कम्पनीको कर्तव्य हो ।

कम्पनीले पुनर्बीमा अन्डरराइटिस, पुनर्बीमा दाबी भुक्तानी, पूल म्यानेजमेन्ट, रेट्रोसेसन लगायतका पुनर्बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु कम्पनीले प्रदान गर्छ ।

बुधबारको वार्षिकोत्सब कार्यक्रमका प्रमुख अतिथि नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले  नेपाल पुनर्बीमा कम्पनीलाई चुक्ता पुँजि २० अर्ब पुर्याएर बजारमा स्वच्छ प्रतिस्पर्धा गर्न निर्देशन दिए । नियामक निकाय प्राधिकरणका अध्यक्ष सिलवालले सरकारी कम्पनी र निजि कम्पनी दुवैलाई बीमा ऐन एउटै रहेको बताउँदै नियामकको निर्देशन अक्षरस पालना गर्न पनि भनेका छन्  । अध्यक्ष सिलवालले नेपाल पुनर्बीमा कम्पनीलाई सरकारी कम्पनी भन्दै आरक्षण नखोजेर बजारमा स्वतन्त्र व्यवसाय खोज्नुपर्ने बताए ।

अध्यक्ष सिलवालले नेपाल पुनर्बीमा कम्पनीमा ठूलो मात्रामा दावीहरु रोकिएको बताउँदै सिईओ भन्दा माथिको अथोरिटीका दावीहरु छरितो तरिकाले समाधान गर्न निर्देशन दिएका छन् ।अध्यक्ष सिलवालले पुनर्बीमा दररेटबारे पनि समीक्षा गरेर अघि बढ्न आग्रह गरेका छन् । सिलवालले भने, १० वर्ष पुरानो दररेट राखेर नहुने र प्राधिकरणका अध्यक्ष सिलवालले आतंकवाद बीमा शुल्क थोपरेर बीमितलाई भार पार्न नहुने बताउँदै अनिवार्य गरिएको आतंकवाद बीमा सम्बन्धी व्यवस्था अब ऐच्छिक हुनुपर्ने बताए ।

प्राधिकरणका अध्यक्ष सिलवालले नेपाल पुनर्बीमा प्राधिकरणमा अविछिन्न उत्तराधिकारवाला निकाय सम्बन्धी मान्यता समेत हराएर पुराना अध्यक्ष तथा कार्यकारीहरुले गरेको गरेका निर्णयहरु कार्यान्वयन नभएको सम्बन्धमा पनि ध्यानाकर्षण गराएका छन् ।अध्यक्ष सिलवालले नेपाल पुनर्बीमा कम्पनीको ११ औं बार्षिकोत्सवको अवसरमा नेपालको नम्वर एक कम्पनी हुन सफलताको शुभकामना समेत ज्ञापन गरेका छन् ।

वार्षिकोत्सब कार्यक्रममा नेपाली पुनर्बीमा कम्पनीलाई नेपाल बीमक संघका उपाध्यक्ष विरेन्द्र बैदवारले आगामी बर्ष पनि पुनर्बीमा कम्पनीले नेपाली परिवेश अनुसार चुनौतीहरुको रिस्क वयवस्थापन गर्ने विकल्प नखोजे सहकार्य नहुन सक्ने चेतावनी दिए । उपाध्यक्ष वैदरवाहले बीमा कम्पनीहरुमा आगामी दिनमा आउने चुनौतीहरुलाई कसरी रिक्स मोडुलेसन गर्ने भन्ने बिषयमा पनि ध्यान जान जरुरी रहेको बिषयमा सुझाएका थिए ।

नत्र बीमा कम्पनीहरुले नेपलाका पुनर्बीमा कम्पनीहरुसँग सहकार्य गर्न असहज स्थिती आईरहेको समेत बताएका थिए । प्राकृतिक विपतको कारण असहज र बीमाको प्राईसिङ बढ्ने अवस्था समेत रहेको हुँदा पुनर्बीमा कम्पनीले समयमा आफूलाई नेपालको बीमा बजार अनुसार आफूलाई प्रस्तुत गर्न नसके नेपाली बीमा कम्पनीहरु नेपालमा रहेका पुनर्बीमा कम्पनीमा बीमा गराउन नसक्ने अवस्थामा पुग्न सक्ने समेत बताएका थिए ।

बीमा कम्पनीहरुमा आँउदा चुनौतीहरुलाई कसरी रिक्स व्यवस्थापन गर्ने र नेपालका बीमा कम्पनीहरुलाई कसरी सुरक्षित गराउने भन्नेमा कम्पनीको ध्यान जान जरुरी रहेको छ । नत्र भने नेपालका पुनर्बीमा कम्पनीमा बीमा गर्न बीमकहरु असहज भईरहेको समेत कार्यक्रममा उनले बताए । आगामी बर्षहरुमा नविकरण गर्न मुस्किल रहेको समेत ध्यानाकर्षण गराएका थिए ।

पुनर्बीमा कम्पनीहरुको आवश्यकता बीमा कम्पनीहरुको बीमा गर्न आवश्यकता भएर खडा भएको हो । साच्चिकै बीमा कम्पनीहरुमा पुनर्बीमाको आवश्यकतालाई अहिलेको अवस्था कम्पनीले परिपूर्ति गरेको छ वा छैन भनेर सोच्नुपर्ने बेला आएको छ ।

भर्खरै मात्र हामीले प्राकृतिक विपतको सामना गर्नु परेको छ। पुनर्बीमा कम्पनीले महाविपत्तिमा के गर्न सक्यो त्यो पनि हेर्न जरुरी रहेको बताएका छन् । बीमा कम्पनीहरुलाई यस्तो अवस्थामा कसरी सारथीको भूमिकामा निर्वाह गर्न सक्यो वा सकेन भनेर रिभ्यू गनुपर्ने भन्दै सुझाएका थिए ।

११ बर्षसम्म आईपुग्दा पनि नेपाल सरकारले संरक्षण गरिदिएको व्यवसायमा नै रमाईरहेको कि आफनो क्षमतापनि प्रर्दशन गरेको भन्दै प्रश्न गरेका छन् ।

एक दशकसम्म आईपुग्दा आइपुग्दा कम्पनी आफनो बलबुताले काम गरिरहेको छ कि सरकारले संरक्षण गर्न दिएको निश्चित सिमाभित्र रमाईरहेको छ भन्दै प्रश्न गरे। त्यो कुरामा आफू व्यवसायी भएर आफनो दायरा विस्तार गर्न र अन्तराष्ट्रिय स्तरमा नै आफनो उपस्थिती बढाउन पर्ने धेरै मिहेनत गनुपर्ने आवश्यक रहेको समेत बताएका थिए ।

The post नेपाल पुनर्बीमा कम्पनीको ११औँ वार्षिकोत्सब; २०अर्बको चुक्ता पूँजीसहित प्रतिस्पर्धामा जान अध्यक्ष सिलवालको निर्देशन first appeared on Khabar Breaking.

  • Related Posts

    ४९ अर्ब बढीको आइपिओ निष्कासन गर्न ८० कम्पनीहरु पाइपलाइनमा

    ११ पुष , काठमाडौं । पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ ।  धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका छ वटा…

    Read more

    रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न; कृषि श्रोत केन्द्रदेखि लघुवित्तसम्म विश्वसनीय सेवाको प्रतिबद्धता

    काठमाडौं । बसुन्धरामा प्रधान कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष भानुभक्त ढकालको सभापतित्व एवं मुक्तिनाथ विकास बैंकका अध्यक्ष  तथा मुक्तिनाथ…

    Read more

    Leave a Reply

    You Missed

    ४९ अर्ब बढीको आइपिओ निष्कासन गर्न ८० कम्पनीहरु पाइपलाइनमा

    • By
    • December 26, 2024
    • 9 views

    रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न; कृषि श्रोत केन्द्रदेखि लघुवित्तसम्म विश्वसनीय सेवाको प्रतिबद्धता

    • By
    • December 26, 2024
    • 9 views

    गरिमा म्युचुअल फण्डको “गरिमा समृद्घि योजना” मा आवेदन दिने आज अन्तिम दिन

    • By
    • December 26, 2024
    • 9 views

    म्याग्दी बचत तथा ऋण सहकारीको १७औं साधारणसभा सम्पन्न; ४.७५% भन्दा बढी लाभांश प्रदान

    • By
    • December 26, 2024
    • 9 views

    ‘फेसियल हाउस’ ब्युटी सैलुनले मनायो सत्रौं वार्षिकोत्सब

    • By
    • December 25, 2024
    • 12 views

    फेसियल हाउस’को १७औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • By
    • December 25, 2024
    • 10 views