
नेपाल धेरै भ्रष्टाचार हुने देशको सूचीमा कायमै, गत वर्षभन्दा यो बर्ष कति अंक सुधार ? (भिडियो सहित)
२९ माघ, काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशन नेपाल द्धावारा भ्रष्टाचार अवधारणा सूचकांक २०२४ सार्वजनिक गरिएको छ । सार्वजनिक तथ्याङक अनुसार भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई) मा नेपालले एक स्थान सुधार गरेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले आज मंगलबार राजधानीमा एक कार्यक्रम गरी भ्रष्टाचार अवधारणा सूचकांक २०२४ सार्वजनिक गरेको हो । विश्वव्यापीरूपमा सार्वजनिक गरेको सूचीमा नेपाल ३४ अंकसहित १०७ औँ स्थानमा रहेको छ ।
गत वर्ष नेपाल ३५ अंकसहित १०८ औँ स्थानमा थियो । ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालको भ्रष्टाचार मापन गर्न विभिन्न ६ वटा क्षेत्रमा सर्वेक्षण गर्छ । सर्वेक्षण सुरु भएको १२ वर्षको अवधिमा नेपालको स्कोर र वरीयताक्रममा हालसम्मकै उच्च हो ।
साउथ सुडान ८ अंक प्राप्त गरी यस वर्ष सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा अंकित भएको छ । ट्रान्सपरेन्सीका अनुसार सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्ट भन्ने जनाउँछ ।
विभिन्न संस्थाले गर्ने अध्ययनमा भ्रष्टाचार, सुशासन र घुसखोरीका बारेमा सोधिने प्रश्न र सर्वेक्षणलाई आधार बनाएर भ्रष्टाचार अवधारणा सूचकांक तयार गर्छ । १८० देश सम्मिलित यस सूचकांकमा डेनमार्क ७ वर्षदेखि लगातार ९० अंक प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकका रूपमा रहेको छ ।