११ मंसिर , काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको तेस्रो महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले आज पदभार ग्रहण गरेको छ। मंगलबार नयाँ बानेश्वरमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको प्रमुख आतिथ्यमा भएको समारोहमा सीताराम न्यौपानेको अध्यक्षताको महासंघको नयाँ कार्यसमितिको पदस्थापना सम्पन्न भएको हो।
महासंघको गत कार्तिक ३० र मंसिर १ गते महोत्तरीको बर्दिवासमा भएको तेस्रो केन्द्रीय अधिवेशन तथा दशौं र एघारौं संयुक्त वार्षिक साधारण सभाले पुनः सीताराम न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको थियो ।
महासंघको तेश्रो केन्द्रीय अधिवेशनले आगामी तीन वर्षका लागि महासघको नयाँ नेतृत्व चयन गर्नुका साथै क्रसर र खानी उद्योगको दिगो विकास र व्यवस्थापनमा केन्द्रित योजनाहरू अघि सारेको छ।
नयाँ नेतृत्वको टिममा वरिष्ठ उपाध्यक्षमा चन्द्रमणि अधिकारी रामु दा), क्षेत्रीय उपाध्यक्षमा कोशी प्रदेशबाट रोहितबहादुर कार्की, मधेशबाट रामनारायण प्रसाद यादव, बागमतीबाट देवराज लुईटेल, गण्डकीबाट लीलाधर बराल र लुम्बिनीबाट मीनबहादुर शाही निर्वाचित भएका छन् ।
त्यस्तै, महासचिवमा देवराज तामाङ चुनिएका छन् भने सचिव पदमा उम्मेदवारी नपरेकोले केन्द्रीय कार्य समितिको प्रथम बैठकबाट रिक्त पदमा मनोनयन गरिने भएको छ। साथै, सह-सचिवमा बुद्धिप्रसाद आचार्य, कोषाध्यक्षमा वेचन ठाकुर वरही र सह-कोषाध्यक्षमा विनोदराज श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा हुमनाथ पौडेल, कुमार गिरी, तिलप्रसाद पाठक, अनोदकुमार देवकोटा, विकासनारायण श्रेष्ठ, राजकुमार रावल, राजु रेग्मी, शशिकुमार यादव र सन्तोष यादव निर्वाचित भएका छन् । महाधिवेशनमा देशभरिबाट ७८० क्रसर बालुवा तथा खानी उद्योगका व्यवसायी प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।
पदस्थापन कार्यक्रममा अध्यक्ष न्यौपानेले २०७२ साल असार मसान्तदेखि क्रसर उद्योगको नवीकरण रोकिएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै व्यवसायीहरूको समस्याहरूलाई समाधान गर्न आग्रह गरे। व्यवसायीहरूले नियमित कर र शुल्क तिर्दै आए पनि नवीकरण प्रक्रियामा अन्योलताले उद्योगहरूमा अस्थिरता पैदा गरेको अवस्थामा यो नयाँ कार्यसमितिले सो विषयमा पुन सरकारसँग लबिङ गरेर अगाडी बढ्ने प्रतिबद्धता उनले जनाए ।
The post नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन first appeared on Khabar Breaking.