नेपाल आँखा अस्पतालको २०औँ वार्षिक साधारणसभामा सम्पन्न

काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले अस्पतालको २०औँ वार्षिक साधारणसभामा सम्पन्न गर्दै चालु आर्थिक वर्षमा दुई लाख सेवाग्राहीलाई सेवा प्रदान गराउने लक्ष्य रहेको जनाएको छ । गत वर्ष अस्पतालले एक लाख ६२ हजार बिरामीलाई सेवा उपलब्ध गराएकोमा  यस वर्ष  करिब ४० हजारभन्दा बढीलाई सेवा प्रवाह गर्ने लक्ष्य लिएको हो ।

यही मंसिर २२ गते आयोजित  अस्पतालको २०औँ वार्षिक साधारणसभामा अस्पतालले गत आवमा १० हजारको आँखाको विभिन्न खाले शल्यक्रिया गरेकामा चालु आवमा बढाएर १५ हजार पुर्याउने लक्ष्य लिइएको जानकारी दिइयो । गत वर्ष अस्पतालले सात सय ६० जनालाई निःशुल्क उपचार सेवा उपलब्ध गराएको थियो भने ८० वर्षमाथि उमेरका ज्येष्ठ नागरिकलाई उपचार सेवामा लाग्ने शुल्कमा २५ प्रतिशत छुट दिँदै आएको छ । त्यसअवसरमा अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष डा अनिलप्रसाद गोर्खालीले वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै गत आवमा रु तीन करोड, तीन लाख ७५ हजार रकम बचत गर्न सफल भएको जानकारी दिए ।

आँखाका बिरामीलाई सरल, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने सिलसिलामा  निकट भविष्यमै अस्पतालले बिमा प्रणालीलाई समावेश गर्ने तथा विधान संशोधनसम्बन्धी कार्य तीन महिनाभित्रै पूरा गरिने अस्पताल सञ्चालक समितिका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले जानकारी दिए ।

साधारणसभाले अस्पतालका सचिव युद्धध्वज सापकोटाद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी प्रतिवेदनलाई अनुमोदन गरेको छ । स्थापनाको ५१औँ वर्षमा रहेको अस्पताले विशेषज्ञसहित एक सय २६ कर्मचारीमार्फत आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा प्रदान गर्दैआएको छ । अस्पतालले निजी क्षेत्रबाट चश्मा बिक्रीमा हुन सक्ने मूल्य वृद्धिलाई रोकी बजार मूल्य नियन्त्रण गर्न चश्मा पसल सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा  युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आँखामा रोग लागेपछि उपचारभन्दा रोग लाग्नै नदिन अपनाउन पर्ने सचेतना महत्वपूर्ण हुने धारणा व्यक्त गर्दै  नेपाल आँखा अस्पतालले सेवा प्रवाह र गुणस्तरमा धेरै सुधार ल्याएको भनी प्रशंसा गरे ।

The post नेपाल आँखा अस्पतालको २०औँ वार्षिक साधारणसभामा सम्पन्न first appeared on Khabar Breaking.

  • Related Posts

    नेपाल बैंकर्स संघको अध्यक्षमा कोइराला निर्विरोध

    २पुष, काठमाडौँ । नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध हुनु भएको छ । वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतको संस्थाको रूपमा रहेको संघमा आगामी कार्यकालको लागि अध्यक्षमा कोइरालाको एकल उम्मेदवारी…

    Read more

    आज तीन वटा संसदीय समितिको बैठक बस्दै

    २ पुष,काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।  बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा…

    Read more

    Leave a Reply

    You Missed

    नेपाल बैंकर्स संघको अध्यक्षमा कोइराला निर्विरोध

    • By
    • December 17, 2024
    • 14 views

    आज तीन वटा संसदीय समितिको बैठक बस्दै

    • By
    • December 17, 2024
    • 12 views

    राष्ट्रिय वाणिज्य साकोसमा नयाँ संचालक समितिको चयन; सदस्यहरुलाई १०% लाभांश प्रदान

    • By
    • December 17, 2024
    • 12 views
    राष्ट्रिय वाणिज्य साकोसमा नयाँ संचालक समितिको चयन; सदस्यहरुलाई १०% लाभांश प्रदान

    सोलुखुम्बुको सोताङ गाउँपालिकामा काङ्ग्रेसको जागरण अभियान

    • By
    • December 16, 2024
    • 8 views
    सोलुखुम्बुको सोताङ गाउँपालिकामा काङ्ग्रेसको जागरण अभियान

    अर्थमन्त्री थाइल्याण्ड प्रस्थान

    • By
    • December 16, 2024
    • 11 views

    Profile and Interviews: रात्रि 1:30 महाराज जी के दुर्लभ दर्शन 🥰।। मेरो वृंदावन धाम 🙏।।#viral #premmandirvrindavan