बिष्णु प्रसाद शर्मा,
भारतले बिर्से पनि इतिहासले अंकित गरेको छ । सन् १७४० मा एउटा हातले वाइवल र अर्को हातले तराजु समातेर भारत पसेको अंग्रेज १९४७ अगस्त १५ का दिन सम्म अंग्रेजी शासनले चकचकी मच्चायो । भारतको त्यो स्वतन्त्रताको रणभूमिमा बीर गोर्खालीले पसिना बगाएका थिए । रगत चढाएका र ज्यान गुमाएका थिए ।
त्यो बरवरता अघि पनि श्री ५ नरभूपाल शाहले नेपाल एकिकरणको प्रयास गरिरहेका र १७६७ मा निरर्थक भएको थियो । अंग्रेजहरुको नाङ्गो बरवरताले भारतका धेरै राज्यहरु मध्ये बिहार खण्डहरु सबै निलि सकेको अबस्था थियो ।
श्री ५ पृथ्वीनारायण शाह राजा भए पछि नेपाल एकिकरणको प्रयास अघि बढदै गर्दा कान्तिपुरमा पनि हमला गर्ने भए भन्ने छनक पाएर जयप्रकाश मल्लले त्यही अंग्रेज संग सैनिक सहायता मागेका थिए । उपत्यकाका राजाहरुको बुद्धि र शासन शैलिलाई श्री ५ पृथ्वीनारायण शाहले बुझि बक्सेको थियो । अंग्रेज क्याप्टेन किनलकको नेतृत्वमा २४ सय अंग्रेज फौजलाई सिन्धुलीगढीमा श्री ५ पृथ्वीनारायण शाहको नेतृत्वको फौजले धुलो चटाएको थियो । खजरम्ची बीरभद्र उपाध्याय र सरदार बन्सु गुरुङ्गले किनलकको फौजलाई भगाउन सफल भएका थिए । गोर्खा फौजले १६ सय अंग्रेज फौजलाई छप्काउनु त्यो समयको महत्वपूर्ण अबस्था हो । त्यो सहन गर्न नसकेर अंग्रेज फौजले नेपाललाई आक्रमण गर्ने आँट गर्न सकेन ।
आज दलीयताको दलदलमा फसेको नेपाली राजनीतिले स्वेच्छाधारीको ब्यूहमा फसेर शान, मान र पराक्रमलाई फोहरमा मिलाई दिएको छ । पौष २७ त्यो दिन हो । जुन दिन श्री ५ पृथ्वीनारायण शाहको गोरखा राज्यमा जन्म भएको दिन । उनै शाहसी पराक्रमी युग पुरुषकै पौरखनाले गर्दा आज सम्म पनि नेपाली भइरहन पाएका छौ । बिडम्वना दलहरुका बिदेशी दलालहरु भने आफनो शान, मान, पौरख र शाहसलाई तिनैका इयुरो र सामुन्य डलरमा साटी रहेका छौं । स्वेच्छाधारीको ब्युरोमा फसेकाहरु बाहिर निस्कनै सक्दैनन् ।
नेपाली जनताले यो देशको अन्तरआत्मालाई गहिरिएर हेर्न नसक्नु , दलियताको दमाहा बजाउनु , श्रीखण्डलाई नचिन्नु र नेपालको गर्भगृह सम्म बिदेशी छिराउनु ३३ कोटी देवीदेवताको शक्तिलाई हलुका रुपले लिनु नै आजको यो अबस्था हो । लेखकः नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक हुनुहुन्छ ।