नेपाललाई असफल राष्ट्र बनाउन राजनीतिक दलहरुले भूमिका खेलिरहेको छः प्राध्यापक डा. आचार्य

२३ मंसिर, काठमाडौं । संयुक्त राष्ट्र संघका लागि नेपाली पूर्व राजदूत तथा प्राध्यापक डा. जयराज आचार्यले नेपाललाई असफल मुलुक बनाउनमा कर्मचारीतन्त्रले नभई राजनीतिक दलहरुले भूमिका खेलिरहेको बताउनु भएको छ ।
नवनियुक्त राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृतहरुको सम्मानमा सेडेप नेपाल (नेम) ले  हिजो काठमाडौंमा आयाजना गरेको कार्यक्रममा बोल्दै प्राध्यापक डा. आचार्यले यस्तो बताउनु भएको हो ।
कर्मचारीतन्त्रमा राजनीतिक दलका विभिन्न संघ, संगठनहरुको प्रभावका कारण कर्मचारीको वृत्ति विकासमा समस्या हुने गरेको साथै चाहे जस्तो प्रतिफल दिन नसकेको हुँदा दलका संघ, संगठन खारेज हुनुपर्ने आचार्यको भनाई छ ।
डा. आचार्यले जनतालाई छिटो, छरितो र प्रभावकारीरुपमा सार्वजनिक सेवा प्रवाह गर्न कुनै दाग नलाग्ने गरी इमान्दारीपूर्वक कर्तव्यनिष्ठ भएर जनताको सेवामा लाग्न नवनियुक्त शाखा अधिकृतहरुलाई अनुरोध गर्नु भयो ।
शाखा अधिकृतहरुको तलबमान निकै कम रहेका बताउँदै डा. आचार्यले कर्मचारीतन्त्रको आकार घटाएर भएपनि तलबमान कम्तीमा ६० हजार बनाउनु पर्ने सुझाव दिनु भयो ।
सेडेप नेपालले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन, लेखा, राजश्व तथा लेखापरीक्षण सेवा, न्याय सेवा र परराष्ट्र सेवाका नवनियुक्त शाखा अधिकृतहरुलाई सम्मान गरेको हो । सेडेप नेपाल विगत १८ बर्षदेखि सरकारी सेवाका प्र्रवेशको लागि सहजीकरण तथा मार्ग निर्देशन गर्दै आएको छ ।

 

 

The post नेपाललाई असफल राष्ट्र बनाउन राजनीतिक दलहरुले भूमिका खेलिरहेको छः प्राध्यापक डा. आचार्य first appeared on Khabar Breaking.

  • Related Posts

    शाैभाग्याेदय नमुना स्कुलको अक्षयकोषमा महेन्द्र खनालको सहयोग

    लमजुङ । लमजुङ जिल्लाको शाैभाग्याेदय नमुना माध्यमिक विद्यालयलाई साेही स्कुलका पुर्व विद्यार्थी महेन्द्र बहादुर खनालले माता-पिताकाे नाममा रु.१,११,१११/- (एक लाख एघार हजार एक सय एघार) स्कुलकाे अक्षयकाेषकाे लागि सहयोग प्रदान…

    Read more

    “मिस हेरिटेज ईन्टरनेशनल २०२४” को ताज नेपालकी सुश्मिता श्रेष्ठलाई

    काठमाडौं । नेपाली कलाकार तथा मोडल सुश्मिता श्रेष्ठले “मिस हेरिटेज ईन्टरनेशनल २०२४”को उपाधि जित्न सफल भएकि छिन् । थाईल्याण्डको बैंकक शहरमा २०२४ नोभेम्वर ९ देखि १६ सम्म भएको सौन्दर्य प्रतियोगितामा…

    Read more

    Leave a Reply

    You Missed

    शाैभाग्याेदय नमुना स्कुलको अक्षयकोषमा महेन्द्र खनालको सहयोग

    • By
    • December 19, 2024
    • 6 views
    शाैभाग्याेदय नमुना स्कुलको अक्षयकोषमा महेन्द्र खनालको सहयोग

    “मिस हेरिटेज ईन्टरनेशनल २०२४” को ताज नेपालकी सुश्मिता श्रेष्ठलाई

    • By
    • December 18, 2024
    • 10 views
    “मिस हेरिटेज ईन्टरनेशनल २०२४” को ताज नेपालकी सुश्मिता श्रेष्ठलाई

    नेपाल बैंकर्स संघको अध्यक्षमा कोइराला निर्विरोध

    • By
    • December 17, 2024
    • 16 views

    आज तीन वटा संसदीय समितिको बैठक बस्दै

    • By
    • December 17, 2024
    • 15 views