
नेपालको राजनीति र अहिलेको अबस्था
बिष्णु प्रसाद शर्मा,
घर भित्र छिर्ने बाटो भनेको ढोका नै हो । आफनो अथवा अर्काको जो कसैको घरमा , पदमा र पदोन्नति हँुदा बिधि, बिधान अनुरुप नै चल्नु पर्दछ । घर भित्र प्रबेश गर्दा ढोका बाहेक अरु बाटो खोजेर वा रोजेर छिर्नु हुँदैन अर्थात प्रबेश गर्नु हुदैन । ढोका बाहेक अन्य कुनै बाटोवाट घरमा प्रबेश गर्दा गोत्र नास हुन्छ । पदमा ओहदामा पुग्दा पनि बिधि र बिधान अनुसार नै पुग्ने वा बस्ने गर्नु गर्दछ । आजमाइएको बिधिले पद वा ओहोदामा बस्दा त्यो ब्यक्तिको क्रन्ति क्षय भएर सर्वनास हुन्छ भने त्यो प्रयास गर्ने गराउने त्यस्तो कार्य गर्दा कानुनी मान्यता दिने देश र जनता समेतको अस्तित्व खतरामा पर्दछ ।
नेपाली राजनीतिमा बिधि र बिधानको अत्यधिक उलंघन बि स २०६३ पछि भइराखेको छ र जनता चुप रहेका छन । बिदेशी एजेण्टले डलर उसको स्वार्थ सिद्ध गर्न पठाउद छ । ब्यवस्थापिका तमासा हेरिरहन्छ भनेर सरकारको हालिमुवाली गर्नेले आफनो अनुकुल मिलाएर राष्ट्र बैंक र बिदेशी संग मिलेमतोमा त्यो नेपाली रुपैयाँमा परिणत गराएर लुकाउँदछ ।
बिदेशी मुद्रा अवचलन भइरहन्छ । बिधि अनुरुप देशको बैंक चल्न सक्दैन । नेपालको राजनीतिको बिनासको कारण एउटा यो हो भने अर्को बिना निर्वाचित ब्यक्ति मन्त्री, सांसद, सरकारी निकायहरुको उच्च पद र निगमको प्रमुख बनेका हुन्छन । प्रचलित ऐन कानुन मिचिन्छन भने नाता गोताले हैसियत बिहिन भएर पनि उच्च पदभार सम्हाल्न सकिरहेको हँुदैन । योग्य, लगनशिल र भिजन हुने ब्यक्तित्व कामको खोजिमा भौतारिनु पर्ने अबस्था रहेको छ अनि देशले प्रगति गरेको जनताले कतावाट देख्न पाउँछन त ? बिदेशीको लगानी डुब्छ । लगानी गर्नेले उसको स्वार्थ मात्रै हेर्दछ भने लगानी थाप्नेले अर्को पटक हँुने निर्वाचन जित्ने दाउ हेरिराखेको हुन्छ । लगानी गर्ने र लिनेले मात्र फाइदा लुटेका छन र देशको ढुकुटी रित्तो बनेको छ । ढोका बिना नै घर भित्र प्रबेश गर्नाले उनीहरुको गोत्रका सबैको बिनास भएको छ भन्ने हेक्का राख्दैन कलियुगमा फलिफाप भएको पो देख्दछ । नेपालको राजनीतिले बावु, आमा, स्वास्नी, बालबच्चा , दिदी र बहिनी नाताका हिसावले देख्दैन, देख्दछ त केवल स्वार्थले मात्र । पुर्खाले जोगाएको र बिकासको बाटोमा हिडाएको हो भनेर चिन्तन र मनन् हुन नसक्नुलाई बुद्धिमानले पशुवत् हो भनेर बुझेको हुन्छ । पशुमा बिवेक रहेको हँुदैन । यसै गरी नेपालको शासन सत्ता हातमा लिएर बस्दछन, उनीहरु पशुवत् ब्यवहार गरिरहेका छन र परम्परा, मान्यजन, बिधि र कानुनको उलंघन गरिरहेका छन । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक हुनुहुन्छ ।