

नेताहरु मुलुक प्रति गम्भिर बन्नु पर्छ
डा डीआर उपाध्याय,
राजनीतिक दल र तिनका नेताहरु मुलुक प्रति त्यति गम्भिर भएको देखिएन । नेताहरु मुलुक प्रति गम्भिर बन्नु पर्छ । देशको भाग्य र भबिश्य निर्माण गर्ने भनेको नै राजनीतिक दल र तिनका नेताहरुले हो । राजनीतिलाई सबैले सेवाभावले हेर्नु पर्छ । राजनीतिमा गलत कार्य हुन थाल्यो भने जनताले बिश्वास नगर्न सक्छन । पछिल्लो समय राजनीतिप्रति आमजनताको वितृष्णा बढ्दो छ ।
अब राजनीतिक दल र तिनका नेताहरुले गम्भिर भएर सोच्नु पर्छ । मुलुकको विकास, सुशासन र समृद्धिको मार्ग अगाडी बढाउनु आजको आबश्यकता हो । यो तर्फ सबैको ध्यान जान जरुरी छ । मुलुक सबै हिसावले कमजोर बन्दै गइरहेको अबस्था छ । गास, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा र रोजगारी आमजनताको प्राथमिकताको विषय बन्नु पर्छ । राजनीतिक दल र तिनका नेताहरु यो बिषयमा गम्भिर बन्नु पर्छ । आफ्नै स्वार्थ र अवसरका लागि नेताहरु दौढ धुपमा छन । यसरी मुलुक बन्दैन । गलत प्रवृत्तिले राजनीतिलाई विकृत र कमजोर बनाइदिएको छ ।
राजनीतिक दल र तिनका नेताको गलत संस्कार र भ्रष्ट प्रवृत्तिमा सुधार आउनु पर्छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई बलियो बनाउन लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा आउनु पर्छ । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट पारित भए पछि राजनीतिमा तरंग उत्पन्न भएको छ । आमजनताले पनि यो विषयलाई निकै गम्भीरताका साथ हेरिरहेका थिए । एमसीसीका बिषयमा आमजनतालाई स्पष्ट रूपमा दलहरुले बुझाउनु पर्दथ्यो । त्यस्तो कार्य कुनै पनि राजनीतिक दलले गर्न सकेनन् । एमसीसीविरुद्ध राजधानीमा सशक्त आन्दोलन भयो ।
आमजनतालाई समयमा नै एमसीसीका बिषयमा कुरा बुझाउन नसक्नुको परिणाम हो । यो सरकारसँग जनताका तमाम समस्या समाधान गर्ने र विकासका स्पष्ट योजना ल्याउने कुनै भिजन नै देखिएको छैन । उल्टो जनता मारमा पर्ने गरी महँगी बढेको बढै छ । बढ्दो महँगीका कारण जनता बिहान र बेलुकी के खाऊ भन्ने समस्याले सताइन थालेका छन् ।सरकारले जनताको मन जित्ने गरी काम गर्न नसकेकै हो । सरकारले गतिका साथ काम गर्न नसक्दा जनता निराश छन । यो सरकार तथा राजनीतिक दलका लागि अशुभ संकेत हो । यसमा उनीहरूले गम्भीरतापूर्वक सोच्नुपर्छ ।
जनताको समस्या समाधान गर्न सरकार गम्भिर बन्नु पर्छ । सरकारको असफलताका कारण आमजनतामा निराशा उत्पन्न भएको छ । शासकमा नैतिकता इमानदारिता र पारदर्शीता हुनु पर्छ । शासक र राजनीतिक दलका नेता भ्रष्ट हुनु हुदैन । नेताले भ्रष्ट चरित्रमा सुधार गर्नैपर्छ । स्वास्थ्य र शिक्षामा भइरहेको माफियाकरण रोक्नुपर्छ र स्वास्थ्य र शिक्षा सामान्य तथा गरिब जनताको पहुँचमा आउन सक्ने बनाउनुपर्छ । जनतालाई अत्यावश्यक सेवा सुविधा दिने र जनतामा आशा जगाउने कार्यको नेतृत्व सरकारले नै गर्नुपर्छ ।