
नेकपा एमालेका अध्यक्ष ओली पोखरा जाँदै
काठमाडौं १० फाल्गुण । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पोखरा जाने भएका छन् । उनी एक कार्यक्रममा सहभागी हुन फागुन १३ गते त्यसतर्फ जाने भएका हुन् ।
उनी एमाले गण्डकी प्रदेश संगठन कमिटीको प्रदेशस्तरीय विशेष कार्यक्रममा सहभागी हुन त्यहाँ आउन लागेको एमाले गण्डकी प्रदेश समितिले जनाएको छ ।