
निर्वाचन आयोगमा आज सर्वदलीय बैठक
काठमाडौं ३० पुस । निर्वाचन आयोगले आज शुक्रबार सर्वदलीय बैठक बोलाएको छ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न आयोगले बिहान ११ बजे बैठक बोलाइएको हो । ‘बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । उनका अनुसार संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका १७ दललाई बैठकमा सहभागी हुन निमन्त्रणा दिइएको छ ।