![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
नवनियुक्त भारतीय राजदूतले बुझाए ओहदाको प्रमाणपत्र
काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले ओहदाको प्रमाणपत्र बुझाएका छन् ।
बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।
निर्वतमान राजदूत विनय मोहन क्वात्रालाई भारत सरकारले विदेश सचिवमा नियुक्त गरेपछि श्रीवास्तवलाई नयाँ राजदूतको रुपमा पठाएको हो ।
source:News of Nepal