धृष्टधुम्न शाहीको रिलको प्रेम सफल, अंगालोमा स्मारिका

१२ साउन, काठमाडौँ । हरेक मानिसले आफ्नो प्रेमलाई सफल पार्न चाहान्छ । तर धेरैको पहिलो प्रेम सफल हुँदैनन् । तर पनि गायक तथा मोडल धृष्टधुम्न शाहीको रिलको प्रेम सफल भएको छ । जुन कुरा सम्बन्ध बोलको गीतको भिडियोमा देखाइएको छ । जसमा गायिका रचना रिमाल र गायक धृष्टधुम्न शाहीको स्वर रहेको छ । भिडियोमा बालापनमा आँफुले मन पराएकी मायालुसँगको भेट, प्रेम र विबाहको रमाइलो किस्सा र एउटा सफल प्रेम कथालाई देखाइएको छ ।

भिडियोमा गायक धृष्टधुम्न शाही र लोकप्रिय मोडल स्मारिका ढकालको बेजोड अभिनय देख्न सकिन्छ । आफ्नो साथीलाई भविष्यमा ठूलो गाडीमा लिने आउने वाचा खाएका धृष्टधुम्न शाहीले आफ्नो वचन पूरा गरेको दृश्य निकै रोमान्टिक देखिन्छ । उमेशराज खड्काको शब्द शृजना रहेको सार्वजनिक गीतमा संगीत पनि गीतकारले नै भरेका छन् । विशाल निरौलाको मिक्सिगं तथा मास्टरिगं रहेको गीतको एरेन्ज रिकेश गुरुगंले गरेका हुन् ।

भिडियोमा बाल कलाकारका रुपमा इशु थापा मगर र प्रज्वल आले मगरको पनि अभिनय रहेको छ । सुदीप लम्सालको निर्देशन रहेको भिडियोको छायांकन विशाल सुसलिगं मगर र दिनेश सुवेदीले गरेका हुन् । ओएसआर डिजिटलबाट रिलिज गरिएको भिडियोको सम्पादन पवन सुशलिंगले गरेका हुन् ।

The post धृष्टधुम्न शाहीको रिलको प्रेम सफल, अंगालोमा स्मारिका first appeared on Khabar Breaking.

  • Related Posts

    आज र भोलि देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

    २ कार्तिक, काठमाडौं । आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई औषधि खुवाउन लागेको हो ।…

    Read more

    सरकारले बजारमा गहुँको माग बढेसँगै भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने

    २ कार्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला अनावश्यक सञ्चय गरी कृत्रिम अभाव सिर्जना गर्ने, अनुचित नाफा लिए कारबाही गरिने बताउनु भएको छ । सर्वसाधारण…

    Read more

    Leave a Reply

    You Missed

    आज र भोलि देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

    • By
    • October 18, 2024
    • 11 views

    सरकारले बजारमा गहुँको माग बढेसँगै भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने

    • By
    • October 18, 2024
    • 14 views

    मन्त्रिपरिषद्को बैठक बस्दै

    • By
    • October 18, 2024
    • 13 views

    सरकारले जनताको राहत र पुनःस्थापनाका लागि पहिलो पहल गर्नुपर्छः रामहरी खतिवडा

    • By
    • October 17, 2024
    • 13 views

    एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

    • By
    • October 17, 2024
    • 11 views

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिक नेपालमा १५ प्रतिशत छुट

    • By
    • October 17, 2024
    • 9 views