

देश र जनताको रक्षा गर्ने आमाको स्थान अदालत र सेना हो
बिष्णु प्रसाद शर्मा,
राजनीतिक गरुडको कालो छायाँमा अदालत र सेना परेर पक्षघातको पीडाले छटपटाई रहेको छेपारो जस्ता भएका छन् । सर्वोच्च र सेना सर्वदलीय कालो छायाँमा फसेर चाँदीको घेरा होइन । अन्धकार सुरुङ बनेर अपराध डसेर फालेर दण्ड दिनु पर्ने विष पो पिएर बान्ता गरिरहेका छन् ।
उत्तरमा हिमाली श्रृखला देखि दक्षिणमा गंगााको तटसम्मको नेपालको भू भाग सन् १९५०को सन्धिले कोसी, गण्डकी, महाकाली र अनेकन स्थानहरु गुमाई सकेको नेपालले कता कता के के गुमाउनु पर्ने हो हामीलाई अझै पत्तो छैन् । महाभारतको युद्धमा पाँच पाण्डवहरुले कौरवहरुलाई धुलो चटाएर आफ्नो हकअधिकार प्राप्त गरेपछि युधिष्ठिरले राजसुय यज्ञ गर्न चारैतर्फका रजौराहरुलाई जितेर पाप्त गरेको असंख्यक सम्पत्तिबाट यज्ञ सफल गरि सकेको र अझै अथाहा सम्पत्ति जगेडा रहेकाले त्यो सम्पत्ती आफूले राजगर्ने राज्यको ढुकुटीमा मिसाउन नहुने गुरुको भनाईलाई मनन् गर्दे अब कहाँ र कसरी त्यो सम्पत्तीको ब्यबस्थापन गर्ने भन्ने संकोचमा परि बिराटनगरको उत्तरी भेगमा हिमालय श्रृखलाको काखमा लुकाई कंक्रिट र झयाउने छोपेर राखेकोमा पछि हिमापातले ढाकेर त्यो स्थान कसैले पत्तोलगाउन नसकेको र त्यो सत्य,इमान र राजकिय धर्मले नै अखण्ड धार्मिक स्थानको देशलाई अष्ट चिरन्जीवी र अष्टमातृकाले कल्याण गरिएको छ र रहिरहने छ ।
नेपालखण्डको उत्तरी भेगबाट बहने हिमनदीहरुले दक्षिणको भारत देशलाई पवित्रता प्रदान गर्ने र गंगा जमुना र यमुना जस्ता नदीहरुको संगम स्थल भारतीय भू भागमा पवित्र तिर्थस्थलको वर्णन भइरहेकै छ । नेपाल विश्वको एकमात्र हिन्दु अधिराज्यमा परिचित गराउने स्वं श्री ५ महेन्द्र वि ।वि शाहले देशमा अनेकन विकासका कामहरु गराउँदा भारतीय आडमा बाँचेका स्वदेशी दलालहरुले सबै नासे, मासे र अब देश चलाउन विदेशी लालचमा यो अवस्थाको बोझ झेल्नु परिराखेको छ । शिरमाथि राजा र प्रजातन्त्रको परिभाषा बुझेर राजसंस्था स्थापना गराउन सकिएन भने नेपाल देश नै रहने छैन । विदेशीहरुले नेपाललाई अध्ययन र अनुसन्धानको घेरामा राखेको रहस्य खेलाचीको विषय किमार्थ होइन । त्यो पुरानो दबिएको सम्पत्ति पत्ता लगाउने र मन्दिरको पिंधमा के छ भनेर खोजतलास उनीहरुबाट ब्यापक रुपमा भईरहेको छ र कतिपय ठाउँबाट यस्ता अमूल्य बस्तुहरु गायब भइसकेका छन् ।
अदालत न्यायलाई मृत साबित गर्नु , सेनाले देशको भूभाग सुरक्षा गर्न नसक्नु ठूलो कमजोरी हो र देश र जनताको रक्षा गर्ने आमाको स्थान अदालत र सेना हो भनेर नदेखिनुले विनासको सूर्य उदाएका छन् भनेर नै बुझनु पर्दछ । विषै विषले भरिएपछि अमृतको घडा छ भनेर के गर्नु ? अमृत र विषमा बचाउने र मार्ने आ आफ्नै अस्तित्व रहेको हुन्छ । प्रजातन्त्रको अभ्यास गरि रहेको मुलुकमा भिड नियन्त्रण गनेै यन्त्रहरु पानीको फोहोरा , तोप पड्काउने फायर बक्स उपहार दिने देशहरु पनि छन् र ७८ फागुन ४ मा निहत्था ,शाान्तिपूर्ण रुपले एम सि सि को विरोध गर्ने जनता प्रति ती यन्त्र लगायत अश्रुग्यास समेत प्रयोग भएपछि जनताले ढुङ्गा प्रयोग गर्न बाध्य हुनु प–यो । के यही हो प्रजातन्त्रको अभ्यास ? अदालत र सेना मुकदर्शक बनेर बसि रहने हो ? उनीहरुको काम कर्तब्य के हो नेपाली नागरिकले जान्न चाहन्छन् । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक हुन ।