देशव्यापी वर्षाको सम्भावना, काठमाडौँसहित यी ५६ जिल्ला उच्च जोखिममा

१० असोज, काठमाडौँ । आज दिउँसोदेखि नेपालमा पानी पार्ने तीनवटा प्रणाली एकसाथ सक्रिय हुने भएकाले काठमाडौँसहित ५६ वटा जिल्ला असोज १३ गतेसम्म उच्च जोखिममा देखिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। त्यसमाथि बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा आउनाका साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव पर्ने भएकाले आज दिउँसोदेखि मौसम बदली (बादलको विकास) र वर्षा बढ्ने सम्भावना देखिएको हो।

उल्लिखित तीनवटा मौसम प्रणालीका कारण कारण आज (बिहीबार) दिउँसोदेखि ४ दिन आइतबारसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली (आकाशभरि बादल) रही अधिकांश स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा तथा कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान एवं मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ।

साथै सो अवधिमा तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौँसहित यी ५६ जिल्ला उच्च जोखिममा
मौसम महाशाखाले आजदेखि आइतबारसम्म देशभर मौसम बदली र वर्षा हुने सम्भावना हेरेर देशका ५६ जिल्लालाई उच्च जोखिममा राखेको छ।

ती हुन्

झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम, पाँचथर, मोरङ, सिरहा, सप्तरी, पर्सा, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा, मनाङ, रुकुमपूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके, बर्दिया, जाजरकोट, रुकुमपश्चिम, दैलेख, सुर्खेत, सल्यान, डोटी, कैलाली र अछाम।

यस्तै महाशाखाले ताप्लेजुङ, बारा, दोलखा, मुस्ताङ, डोल्पा, डडेलधुरा, संखुवासभा, धनुषा, कालिकोट, कञ्चनपुर, सोलुखम्बु, रौतहट, जुम्ला,
बझाङ, सर्लाही, बाजुरा, महोत्तरी, दार्चुला र बैतडी गरी १९ जिल्लालाई वर्षाका कारण हुनसक्ने हिसाबले मध्यम जोखिममा राखेको छ भने मुगु र हुम्लालाई न्यून जोखिममा राखेको छ।

The post देशव्यापी वर्षाको सम्भावना, काठमाडौँसहित यी ५६ जिल्ला उच्च जोखिममा first appeared on Khabar Breaking.

  • Related Posts

    ११ जुवाडे पक्राउ

    २७असोज, दाङ । दाङमा ११ जुवाडे पक्राउ परेका छन्। दंगीशरण गाँउपालिका वडा नम्बर ३ रावत गाँउबाट शनिबार राति साढे दश बजेतिर एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ परेका हुन्।…

    Read more

    आज पनि दसैँको टीका लगाईँदै

    २७ असोज, काठमाडौं । विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि दसैँको टीका लगाउँदैछन्। बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक…

    Read more

    Leave a Reply

    You Missed

    ११ जुवाडे पक्राउ

    • By
    • October 13, 2024
    • 15 views

    आज पनि दसैँको टीका लगाईँदै

    • By
    • October 13, 2024
    • 13 views

    Profile and Interviews: LIVE🔴 सुबह शाम 5 मिनट ये सुनें..मन शांत रहेगा../ Meditation Bk Yog / Guided meditation

    Profile and Interviews: गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft. Balabhadranath #motivation #culture

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 17 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 19 views