काठमाण्डौं । राजनीतिक बिश्लेषक बिष्णु प्रसाद शर्माले राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित हुनु राम्रो भएको बताएका छन । राप्रपाका कार्यकर्ताले लिङ्देन चाहेको उनले बताए ।
अब आउँदा दिनमा देशभक्त शक्तिहरुलाई समेटेर जान लिङ्देनलाई शर्माले सुझाव दिए । उनले कमल थापा अस्पष्ट र अबसरवादी नेता भएको आरोप लगाए ।
कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डा उठाए पनि त्यसमाथि आशंका पैदा हुने गतिविधि गरेको उनले बताए । २०७२ सालमा संविधान जारी हुँदा थापाले हस्ताक्षर गरेर ठूलो गल्ति गरेको शर्माले बताए ।
राप्रपाले उठाएको मूल मुद्दाविपरित कमल थापा बिगतमा सरकारमा जानुको परिणाम नै पराजय भएको शर्माले बताए । थापाले मुद्दा बिर्सिएको हुनाले नै नराम्रो धक्का खानुपरेको उनको भनाई छ । उनले धर्मको मुद्दा सत्तामा पुग्ने खुड्किलो मात्र बनाएको टिप्पणी गरे ।