देशको बिकासका निम्ती मन्त्रीले राजनीतिक रंग हैन, राष्ट्र सेवाभाव हेर्नुपर्छः राज्यमन्त्री चौधरी

२१ असोज, काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपालको समग्र बिकासका निम्ती जनप्रतिनिधीहरुले राजनीतिक भेदभावरहित राष्ट्र सेवाभाव राखेर काम गर्नुपर्ने बिचार ब्यक्त गर्नु भएको छ ।

सक्सेस मिडिया र यात्रा प्लसको संयुक्त आयोजनामा नेपाल पर्यटन बोर्डमा भएको ‘एचिभर्स अवार्ड ‘२०२४’ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
‘हाम्रा कतिपय जनप्रतिनिधी विशेषगरी मन्त्री ज्यूहरुको कार्यशैली देखेर मलाई अनौठो लाग्छ । चुनावमा पनि जनताका लागि काम गर्छु भन्ने, मन्त्री बन्ने बेलामा पनि राष्ट्र, राष्ट्रियता र जनताका पक्षमा निस्वार्थ काम गर्छु भन्ने अनि पदमा पुगेपछि राजनीतिक रंग हेरेर काम गर्ने गर्नुहुन्छ’, राज्मन्त्री चौधरीले भननु भयो, ‘म त के भन्छु भने मन्त्रीको पदमा पुगेको मान्छे साझा हुनुपर्छ । त्यहाँ पुगेपछि पनि कुन पार्टीबाट आएको ? भनेर राजनीतिक नजरबाट मात्रै हेर्ने र एकअर्कासँग आवश्यक समन्वय नगर्ने हो भने मुलुकको बिकास र रुपान्तरणले फड्को मार्न सक्दैन् । त्यस्ता व्यक्ति साँच्चै भन्नुपर्दा देश बिकासको बाधक हुन् ।’

यस्तै उहाँले, नेपालको पर्यटन प्रबद्र्धन तथा विकासका लागि हरेक क्षेत्रका व्यक्तिहरुसँग सहकार्य गरेर अघि बढ्नु पर्ने बताउनु भयो । ‘नेपालको जस्तो अनौठो र विविधताले भरिएको प्राकृतिक, सांस्कृतिक, धार्मिक सँगसँगै विविध विविधता र गतिविधिहरूको धनी विश्वका कुनै देशमा छैनन् । त्यसैले मलाई लाग्छ विश्वका कुनै पनि देशले नेपालको पर्यटनसँग प्रतिस्पर्धा गर्न सक्दैन्’ राज्यमन्त्री चौधरीले भन्नु भयो , ‘यहाँको पर्यटकीय क्षेत्रलाई ब्रान्डिङ गर्न सके नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने र देशको आर्थिक सम्बृद्धि हुनेछ । त्यसका लागि हरेक क्षेत्रका व्यक्तित्वहरुको योगदान महत्वपूर्ण रहन्छ । त्यसैले सरकारको तर्फबाट मैले सधैँ सकारात्मक सहकार्य गर्नेछु ।’
कार्यक्रममा कलाकारिता, बैंकिङ, चिकित्सा, मिडिया, व्यवसायी तथा खेल क्षेत्रका व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको थियो । राज्यमन्त्री चौधरीले अवार्ड पाउनेहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गर्नु भयो ।

The post देशको बिकासका निम्ती मन्त्रीले राजनीतिक रंग हैन, राष्ट्र सेवाभाव हेर्नुपर्छः राज्यमन्त्री चौधरी first appeared on Khabar Breaking.

  • Related Posts

    ११ जुवाडे पक्राउ

    २७असोज, दाङ । दाङमा ११ जुवाडे पक्राउ परेका छन्। दंगीशरण गाँउपालिका वडा नम्बर ३ रावत गाँउबाट शनिबार राति साढे दश बजेतिर एक लाख बढी रकमसहित ११ जुवाडे पक्राउ परेका हुन्।…

    Read more

    आज पनि दसैँको टीका लगाईँदै

    २७ असोज, काठमाडौं । विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि दसैँको टीका लगाउँदैछन्। बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक…

    Read more

    Leave a Reply

    You Missed

    ११ जुवाडे पक्राउ

    • By
    • October 13, 2024
    • 15 views

    आज पनि दसैँको टीका लगाईँदै

    • By
    • October 13, 2024
    • 13 views

    Profile and Interviews: LIVE🔴 सुबह शाम 5 मिनट ये सुनें..मन शांत रहेगा../ Meditation Bk Yog / Guided meditation

    Profile and Interviews: गोरखनाथ,गोर्खा र पृथ्वीनारायण #podcast with Binu pokhrel, ft. Balabhadranath #motivation #culture

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 17 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 19 views