देउवाले पहिलो चरणमा जित्ने सम्भावना न्यून

 

काठमाण्डौं २८ मंसिर । नेपाली कांग्रेसको सभापति पदको मतगणना जारी रहँदा कुनै उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्ने आधार न्यून देखिएको छ ।

सबै प्रदेशको तीन ठाउँबाट मतगणना भइरहँदा यस्तो स्थिति देखिएको हो । यो समाचार तयार पार्दासम्म तीन हजार ९७७ मत गणना भएको छ । जसमध्ये सभापति पदका उम्मेदवार शेरबहादुर देउवाले एक हजार ९ सय मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी डा। शेखर कोइरालाले एक हजार ४६७ मत पाएका छन् । सभापति अन्य उम्मेदवारहरू प्रकाशमान सिंहले २९६, विमलेन्द्र निधिले २३० र कल्याणकुमार गुरुङले २० मत पाएका छन् ।

अब, गणना हुन बाँकी मत संख्या ९०० छ । देउवालाई बहुमत अर्थात् ५१ प्रतिशत प्राप्त गर्न ५४२ मत आवश्यक छ ।

हाल प्राप्त भइरहेको मत परिणामको आधारमा उनले आवश्यक बहुमत प्राप्त गर्ने सम्भावना कम देखिएको छ । त्यसो भएको अवस्थामा सभापति पदको निर्वाचन दोस्रो चरणमा जाने छ ।

त्यस्तो हुँदा देउवाबाहेकाहरू एक ठाउँ भए देउवा सभापतिमा पराजित हुनेछन् । तर, देउवालाई विमलेन्द्र निधि वा प्रकाशमानमध्ये कुनै एकले सहयोग गरेको अवस्थामा भने सभापति जित्ने देखिन्छ ।

  • Related Posts

    सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

    ७ पुष ,काठमाडौं । उद्योगपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सेवाग्राहीलाई दुख दिने नियतले कानुन बनाउने काम रोक्नुपर्नेमा जोड दिएका छन् । आइतबार (६ पुष ) सिंहदरबारमा बसेको अर्थ…

    Read more

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    ६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

    Read more

    You Missed

    सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

    • By
    • December 23, 2024
    • 7 views

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 10 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 12 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 11 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 9 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 12 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार