काठमाडौं २५ मंसिर । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महामन्त्री पदमा कसलाई रोज्छन भन्ने अन्योल अन्त्य भएको छ । उनले डा प्रकाशशरण महतलाई महामन्त्री पदमा छानेका छन् । उक्त कुराको औपचारिक रुपमा विस्तृत जानकारी डा महतले आज शनिबार बिहान ११ बजे विश्व भाषा क्याम्पसमा पत्रकार सम्मेलन गरेर दिने छन् ।
सभापति देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग भएको सहमतिअनुसार प्रदीप पौडेललाई महामन्त्री पदमा उठाउने सहमति भइसकेको बताइएको छ ।