
त्रिपुरेश्वरस्थित बि.एन.जे. टावरमा पूर्ण शुद्ध शाकाहारी ‘भगवती रेस्टुरेन्ट’ संचालनमा
२५ माघ ,काठमाडौं । त्रिपुरेश्वरस्थित बि.एन.जे. टावरमा पूर्ण शुद्ध शाकाहारी ‘भगवती रेस्टुरेन्ट’ संचालनमा आएको छ। मिठाई , रेस्टुरेन्ट र बेकरीका परिकारहरु उपलब्ध हुने उक्त रेस्टुरेन्टमा सबै परिकारहरु अन्डारहित १००% शुद्ध शाकाहारी हुने गरि संचालनमा ल्याइएको संचालकले जानकारी दिएका छन् ।
शुद्धता , गुणस्तर र स्वास्थमा विशेष ध्यान दिइने गरि संचालन गरिने रेस्टुरेन्टमा पञ्जावी र दक्षिण भारतीय परिकारका साथै पिज्जा र बर्गर पनि उपलब्ध हुने जानकारी दिइयो। दशरथ रंगशालाको ठिक अगाडि रहेको रेस्टुरेन्टमा ग्राहकका लागि पार्किङको पनि उचित सुविधा रहेको छ।